Sajhedari Daily
Latest News from Nepal

कानु पत्रकार संघ बाराको शपथ ग्रहण सम्पन्न

नवगठित कानु पत्रकार संघ बाराका पदाधिकारी तथा सदस्यहरुको शनिवार एक कार्यक्रमवीच सपथग्रहण गरिएको छ ।
संघ बाराको आयोजना तथा महागढीमाई नगरपालिका उपप्रमुख तारादेवी कानुको सहयोगमा कलैया स्थित होटेल करणराज प्यालेसको सभाहलमा उक्त सपथग्रहण कार्यक्रम गरिएको हो ।

कार्यक्रमा महागढीमाई नगरपालिकाकी उपप्रमुख कानुको संघका पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गरेकी थिईन । सो अवसरमा वोल्दै उपप्रमुख कानुनले सत्थ, तथ्य र निष्पक्ष समाचार लेख्न आग्रह गरेकी छिन ।

कानु पत्रकार संघ बाराका अध्यक्ष अजय साहको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा बाराका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, बाराका प्रहरी उपरीक्षक दिपेन्द्र शाही, कानु कान्दु जिल्ला अध्यक्ष द्वारिका प्रसाद साह, कानु समाज नेपालका ओमप्रकाश साह लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा संचालन संघका उपाध्यक्ष नरेश गुप्ताको रहेको थियो भने स्वागत मन्तव्य संघका सदस्य श्रीकान्त गुप्ताले गरेका थिए ।

 

Comments are closed.

error: Content is protected !!