नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई आईतवार बारामा ५१ किलो मालाले सम्मान गरिएको छ ।
देउवालाई बाराको वरियारपुरमा रहेको गढीमाई मन्दिर दर्शनका क्रममा उक्त मालाले सम्मानित गरिएको हो । देउवा बाराकै पचरौता नगरपालिकाको भारतीय सिमावर्ती गाउँ बेल्दारीमा आयोजित अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता उद्घाटन गर्न बारा आएका थिए ।
गढीमाई मन्दिर परिषरमा पूर्वप्रधानमन्त्री देउवालाई केन्द्रिय सदस्य राधेचन्द्र यादव, कलैया उपमहानगरपालिकाका मेयर राजेशराय यादव र महागढीमाई नगरपालिकाका मेयर उपेन्द्र प्रसाद यादवले ५१ किलोको माला लगाएर सम्मान गरेका थिए ।
देउवालाई महानगढिमाई नगरपालिका, नगरबासी र सिंगो नेपाली काँग्रेस बाराको तर्फबाट सभापति देउवालाई सम्मान गरिएको महागढीमाईका मेयर यादवले बताए ।

