Sajhedari Daily
Latest News from Nepal

कृष्णउत्सव कार्यक्रमका बिजेताहरुलाई पुरस्कार बितरण

Top Aside Banner

कृष्ण जन्मउत्सवको अवसरमा आयोजना गरिएको उत्सव कार्यक्रममा बिजेता भएकाहरुलाई एक कार्यक्रमका बिच पुरस्कार बितरण गरिएको छ ।गोपाल सेवा समिति, राधे सप्लार्यस, नेपाल एग्रोकेभ सप्लार्यस वीरगंज, नेपाल सिड सेन्टर कलैया, सरोज एग्रो ईनटरप्राईजेज एण्ड सप्लार्यस सिनेमा रोड कलैया, भोजपुरिया टाईम्स दैनिकको प्रयोजनमा सो कार्यक्रम सम्पन्न भएको थियो ।

बर्षात एफएम १०७. ५ मेगा हर्जको आयोजनामा सो उत्सव भएको थियो । बर्षात एफएमका प्रवन्ध निर्देशक सिकेन्द्र पासवनाको अध्यक्षता र गोपाल सेवा समितिका अध्यक्ष जंगबहादुर यादवको प्रमुख आतिथ्यमा सो पुरस्कार बितरण कार्य सम्पन्न गरिएको थियो ।

प्रथम कलैयाकी सिम्पल सर्राफ, दोस्रो कलैयाकी प्रतिमा कुमारी साह, तेस्रो अमवाटोलाका बिबेक यादवलाई क्रमश जग, चार्जर, भिते घडी प्रमुख अतिथी यादव र प्रवन्ध निर्देशक पासवानले संयुतm रुपमा प्रदान गरेका थिए । कार्यक्रमको संचालन एफएमका समाचार वाचिका साबित्री शर्माले संचालन र उत्सव कार्यक्रमको पुरस्कार छनौट समितिका संयोजक प्रभु यादवले उदेश्य बारे जानकारी दिए ।

बाकी ८ जना बिजेताहरु गुलाव चौधरी, सुनिता चौधरी, राज केडी, रोमाच्क चौधरी, संजय चौधरी, मिस्टर जलिल हवारी, अनोखी साह, अन्जु चौधरी भोजपुरिया दैनिकका कार्यकारी सम्पादक श्रावन साह, सरोज एग्रोका संचालक सरोज साह, नेपाल एग्रोका प्रतिनिधिी पवन कुमार यादव, यूवा जनशतिm समाज नेपालका सचिव जाबेद हुसेन, एफएमकी समाचार बाचिका सृजा थापा, उत्सव कार्यक्रमका प्रस्तोताहरु संगिता विश्वकर्मा, प्रियका सर्राफ, सन्तोष यादव, रामानन्द यादव,रमेश साह लगायतकाले पुरस्कार बितरण गरेका थिए । कृष्णअष्ठीका दिन १२ बजे देखि १२ बजे राती सम्म कृष्ण उत्सव कार्यक्रम संचालन गरिएको थियो ।