वुहारीलाई बलात्कार गरेको अरोपमा ससुरा पक्राउ

साझेदारी दैनिक
445 पाठक संख्या

बारा प्रहरीले वुहारीलाई बलात्कार गरेको अभियोगमा ससुरा पक्राउ परेको छन ।
पीडित वुहारी परिवर्तित नाम कलैया ३३–छ–२२६ आफ्नो घरकोठामा सुतिरहेको अवस्थामा निजको ससुरा वर्ष ४५ को परिवर्तित नाम कलैया ३३ -छ-२३१ ले परिवर्तित नाम छ–२२६ वुहारीलाई गत चैत्र १५ गते वलात्कार गरेको आरोप छ ।
निज समुराले आफुलाई सुतिरहेको वेला भाग्न उम्कन नदिई जवरजस्ती करणी गरेको भनि पीडित वुहारीले मंगलवार जिल्ला प्रहरी कार्यालय बारामा उजुरी दर्ता गराएकी थिईन । वुहारीको उजुरीको आधारमा ससुरालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका ससुरालाई जवर्जस्ती करणी सम्बन्धी कसूरमा बारा जिल्ला अदालतबाट पहिलो पटक दिन पाँच दिनको म्याद थप गराई हिरासतमा राखी थप अनुसन्धान भइरहेको बारा प्रहरीका प्रवक्ता गौतम मिश्रले जानकारी गराएका छन ।

Leave a review