Sajhedari Daily
Latest News from Nepal

मोटरसाईकलको ठक्करबाट पर्सामा एक जना युवकको मृत्यु, चार घाइते

राम मण्डल

पर्सामा मोटरसाईकलको ठक्करबाट पर्सामा एक जनाको मृत्यु भएको छ ।तीब्र गतिमा रहेको मोटरसाईकलको ठक्करबाट पर्साको ठोरी गाउँपालिकामा एक युवकको मृत्युु भएको हो । मोटरसाईकलको ठक्करबाट चालक सहित चार जना घाइते समेत भएका छन ।

शनिवार बेलुकी ठोरी गाउँपालिका वडा नम्बर ४ स्थित गोवी बस्तीमा ग ९ प ९५८७ नम्बरको मोटरसाईलले पैदल हिडेका चार जनालाई ठक्कर दिएको थियो । ठककरबाट सोही स्थानका अभिषेक गोले, मधु गोले, सन्जय लामा, आनन्द परियार र मोटरसाईकल चालक राम सिंह राय थारु घाइते भएका थिए ।

घाईते भएका मध्ये अभिषेक गोलेको उपचारको क्रममा वीरगञ्जको एलएस न्युरो अस्पतालमा राति नै मृत्यु भएको प्रहरी चौकी बिजयबस्तिका इन्चार्ज प्रहरी सहायक निरीक्षक मीन बहादुर रमौलीले जानकारी दिएका छन ।

घाईते भएका तीन जनाको एलएस न्युरोमै र मोटरसाईकल चालक थारुको नारायणी अस्पतालमा उपचार भईरहेको छ । ठक्कर दिने मोटरसाईकल प्रहरीको नियन्त्रणमा छ । घटनावारे अनुसन्धान भईरहेको प्रहरी चौकी बिजयबस्तीले जानकारी दिएको छ ।

Comments are closed.