मन्त्रालयले गर्यो बाराका तीन स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको सरुवा

साझेदारी दैनिक
463 पाठक संख्या

कलैया : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बाराका तीन स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरुको आइतबार सरुवा गरेको छ। मन्त्रालयले उपसचिव,प्रमुख प्रशासकीय अधिकृत,शाखा अधिकृत गरेर देशभरको ४९ जना कर्मचारीको सरुवा गरेको हो

मन्त्रालयले बाराको कोल्हवी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत प्रशासकीय अधिकृत पितानाथ लुइटेललाई सरुवा गरेको हो। उनलाई सर्लाहीको लालबन्दी नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको पदमा मन्त्रालयले सरुवा गरेको छ। उनको स्थानमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव रमेश श्रेष्ठलाई कामकाजकालागि आउने भएकाछन्।

सुवर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री श्याम चौधरीको बाराको करैयामाई गाउँपालिकामा सरुवा गरिएको छ। उनलाई प्रमुख प्रशासकीय अधिकृतको रूपमा कामकाजमा खटाइएको छ।

करैयामाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादवको शाखा अधिकृतको रूपमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरुवा भएको छ।

प्रसौनी गाउँपालिकामा सोमवार प्रमुख प्रशासकीय अधिकृतको रुपमा नविन श्रीवास्तव हाजिर भएका छन्। गाउँपालिका अध्यक्ष विनोदप्रसाद जैसवाल र उपाध्यक्ष किरणा देवी लगायतले श्रीवास्तवलाई स्वागत गरेकाछन्।

Leave a review

This will close in 0 seconds