Sajhedari Daily
Latest News from Nepal

पुर्व राजा दम्पतीको स्वास्थ्य लाभको कामना गर्दै गढिमाईमा पुजाअर्चना

पुर्व राजा ज्ञानेन्द्र साहको परिवार दम्पतीको सिघ्र स्वास्थ्यको कामना गर्दै बाराको गढिमाई मन्दिरमा पुजाअर्चना गरिएको छ ।
वरियारपुर स्थित गढिमाई मन्दिरमा राजा सर्मथकहरुले कोरोना संक्रमण देखिएका पुर्व राजा दम्पतीको स्वास्थ्य लाभको कामना गर्दै विहिवार पुजाअर्चना गरेका हुन ।

वैदिक मन्त्रद्धारा गढिमाई मन्दिरको मुल पुजारी मंगल चौधरीले पुर्वराजाको सुस्वास्थ्यको लागि गढिमाईमा पुजा गरेका थिए । करिव एक घण्टा सम्म चलेको विशेष पुजामा राजा सर्मथकहरु गढिमाईमा पुजा अर्चना, होम र आरती समेत गरेका थिए ।

पुर्वराजपरिवारको स्वास्थ्यको लाभको लागि विश्व प्रसिद्ध गढिमाई मन्दिरमा पुजा गर्न आएको राजा सर्मथक शिवजि शाहले जानकारी गराएका छन् । कोरोनालाई छिटै परास्त गरि पुन जनताको सेवामा फर्किने गढिमाई मातासँग कामना गरेको शाहले बताए ।

वैशाख ५ गते भारत भ्रमण सकाएर नेपाल फर्केका पुर्व राजा ज्ञानेन्द्र शाह र पुर्वरानी कोमल शाह र छोरी प्रेरणा शाहमा कोरोना पोजेटिभ देखिएको थियो । कोरोना संक्रमित भएपछि निजहरुको उपतचार काठमाण्डौको थापाथली स्थित नर्भिक अस्पतालमा भईरहेको छ ।

पुर्वराजा शाहको अवस्था अहिले समान्य हुदै गएको राजा सर्मथक ब्रिजकिशोर साहले जानकारी गराएका छन् । पुर्वरानीको श्वासप्रवासमा अलि समस्या देखिएकोले उनको उपचारको लागि आईसियुमा राखिएको सर्मथक साहले जानकारी गराए ।

पुर्वरानीमा अक्सिजनको कमि दखिएकोले उनलाई अक्सिजन प्रदान गरिरहेको उनले बताए । राजपरिवारको सिघ्र स्वास्थ्यको लागि विशेष पुजा गरिएको थियो ।

भारत भ्रमणमा रहेका बेला पुर्वराजा उत्तराखण्डस्थित हरिद्वारको महाकुम्भ मेलामा शाही स्नान गरेका थिए । दिल्लीमा विशिष्ट व्यक्तित्वसँग भेटघाट योग गुरु रामदेव बाबासँग योग बारे छलफल समेत गरेका थिए ।

पुजामा राजा सर्मथकहरु शिवजि साह, अयोध्या प्रसाद साह, लगाययत राजा सर्मथकहरुको सहभागिता रहेको थियो ।