Sajhedari Daily
Latest News from Nepal

सत्य तथ्य छानविन गर्न महागढीमाईका नगरप्रमुख यादवको माग

रबिन्द्र प्रसाद साह /
केहि दिनदेखि विभिन्न सामाजिक सञ्जाल मार्फत महागढीमाई नगरपालिकाका सम्बन्धमा केहि अनर्गल भिडियोहरु देखाइरहेकोमा महागढीमाई नगरपालिकाकाको ध्यानार्कषण भएको जनाएको छ ।

नगरपालिकाका नगरप्रमुख उपेन्द्र प्रसाद यादवले मंगलवार एक प्रेस विज्ञप्ती जारी गर्दै ध्यानाकर्षण भएको जनाएका छन ।
नगरपालिकाकाका नगर प्रमुख, जनप्रतिनिधिहरु तथा कर्मचारीहरू समेतको मान मर्दन हुने गरी सामाजिक सञ्जालमा भिडियो प्रस्तुत गरिएको दुख व्यक्त गरेका छन ।

भिडियोहरुमा सत्य तथ्य नदेखाई कपोल कल्पित एवम् तथ्यहिन कुराहरू प्रस्तुत गरिएकोमा पालिकाको गम्भिर ध्यानार्कषण भएको विज्ञप्तीमा जनाईएको छ । नगरप्रमुख यादवले सो सम्बन्धमा छानबिन गरी सत्य तथ्य कुराहरू बाहिर ल्याई दिनु हुनका लागि सञ्चारकर्मीहरु तथा सरोकारवाला सबैमा आग्रह गरेका छन ।