विश्व वातावरण दिवसको अवसरमा कलैया सिटी जेसिजले अमृता अनाथ आश्रममा वृक्षारोपण गरेको छ ।
बाराको कलैयामा अवस्थित अमृता अनाथ आश्रममा कलैया सिटी जेसिजको आयोजनामा बुधबार एक कार्यक्रम बिच विश्व वातावरण दिवसको अवसरमा वृक्षारोपण गरिएको हो ।
कलैया सिटी जेसिज २०२४ का अध्यक्ष जेसि पवन कुशवाहाको अध्यक्षतामा उक्त वृक्षारोपण कार्यक्रम भएको थियोे ।
अमृता अनाथ आश्रम भित्र १५ वटा गुलमोहर,अशोक,टिक जस्ता प्रजातीको बिरुवाहरु रोपिएको महासचिव राजकुमार गिरीले बताए ।
उक्त कार्यक्रममा कलैया सिटी जेसिजका प्रमुख अध्यक्ष सल्लाहकार जेसी शम्भु गुप्ता,उपाध्यक्ष जेसी आकाश गुप्ता,सुरज गिरी,शेषनाथ पासवान,मनिष चौरसिया,तालिम संयोजक मुकेश स्वर्णकार,अमृता अनाथ आश्रमकी अध्यक्ष फुलमती बस्नेत,बालबालिका,बोर्डका पदाधिकारी तथा सदस्यहरु लगायतको उपस्थिति रहेको थियो ।

