वेबसाईट बनाउँन सोच्दै हुनुहुन्छ ? कल गर्नुहोस : +977-9861436955

तरुल दल बाराका कार्यकर्ताहरुसंग भेटघाट कार्यक्रम सम्पन्न

अनिलकुमार साह
सिमरा
नेपाल तरुण दलका केन्द्रीय पूर्व कार्यवाहक अध्यक्ष, नेपाली काँग्रेस का महासमिति सदस्य एवम् नेपाली काँग्रेस संगठन विभागका केन्द्रीय सदस्य जन्मजय तिमिल्सिनाले आज सिमरामा तरुण दल बाराका कार्यकर्ताहरुसंग भेटघाट गरेका छन।
रौतहटबाट काठमाडौं फर्किने क्रममा तिमिल्सिनाले सिमरा स्थित रहेको होटल सम्यकको सभा हलमा एक कार्यक्रमकाबचि तरुल दल बाराका कार्यकर्ताहरुसंग भेटघाट गरेका हुन । उनले सो भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै आफू हर बखत तरुण दलका कुनै पनि सदस्यहरूलाई कुनै पनि किसिमको जरुरी परे सहयोग गर्न तयार रहेको बताए।
उनले भेटघाटमा विभिन्न दरुण सदस्यहरूले उठाएको माँगहरुलाई आफूले केन्द्रमा उठाउने प्रतिवद्धता समेत व्यक्त गरेका छन । पार्टिहरुले वर्तमान सरकारलाई थर्काउन तथा कामकारबाहीमा हस्तक्षेप गर्न बनाइरहेको संगठनहरुले वर्तमान सरकारलाई कुनै पनि किसिमको बाधा नपर्ने तिमिल्सिनाले जानकारी गराए। त्यसैगरी उनले भने आपसी विवादमा नपरी पार्टिलाई बलियो बनाई अगाडी बड्दा नै सबैको भलो हुन्छ।
कार्यकर्ता भेटघाट कार्यक्रममा तरुण दल बाराका अध्यक्ष लोकेश सिंह, नेपाल पत्रकार महासंघ बाराका अध्यक्ष रेशम तिवारी, महाधिवेशन प्रतिनिधि हरी थपलिया, तरुण दल बाराका क्षेत्रीय सभापति राजकिशोर साह, प्रदेश नं. २ की प्रदेश सभा सदस्य शोभा लामा, नेपाल विद्यार्थी संघ प्रदेश नं. २ की अध्यक्ष रिता रिजाल लगायत नेपाली काँग्रेसका विभिन्न व्यक्तित्वहरु तरुण दलका विभिन्न कार्यकर्ताहरु लगातार सहभागिता रहेको थियो। कार्यक्रममा सञ्चालन शुशिल डुवारीको रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया
सम्बन्धित समाचार
error: Content is protected !!