Sajhedari Daily
Latest News from Nepal

ब्रेक फेल भएर बस दुर्घटना हुुँदा एक जनाको मृत्यु ,दश जना घाईते

बारामा बस दुुर्घटना हुुँदा एक जनाको मृत्युु भएको छ भने १० जना घाईते भएका छन् ।

जिल्लाको पथलैया­हेटौडा सडक खण्डको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २२ चुरियामाई नजिक बिहिबार बिहान सवारी दुर्घटना हुदा एकजनाको मृत्यु भएको छ भने दशजना घाइते भएको प्रहरीले जनाएको छ ।

काठमाण्डौबाट रौतहटको गौरका लागि छुटेको ना ६ ख ४६४१ नम्बरको बस चुरीयामाई मन्दिर नजिकै दुर्घटनामा परेको थियो । दुर्घटनामा सोही बसका चालक हेटौंडा कमाने निवासी ४९ बर्षीय धर्मरज रेग्मीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिएका छन ।

तीब्र गतिमा रहेको बसको ब्रेक फेल हुदा बस दुर्घटनामा परेको हो । दुर्घटनामा बिपरित दिशाबाट आइरहेको प्रदेश ०३ ००१ प ४११ नम्बरको मोटरसाइकलमा समेत ठोकिएको थियो । मोटरसाईकलका चालकको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ ।

 

Comments are closed.

error: Content is protected !!