सिम्बायोसिस क्याम्पसद्धारा बिधार्थी, कर्मचारी र सहयोगीहरुलाई सम्मान

श्यामबाबु यादव
1k पाठक संख्या

बाराको सदरमुकाम कलैयामा रहेको सिम्बायोसिस १०+२ क्याम्पसले आ–आफ्नो संकायमा उत्कृष्ट गरेका बिद्यार्थीहरुसंगै कर्मचारी,शिक्षक सहित सहयोग गर्ने ब्यतिmहरुलाई एक कार्यक्रमका बिच सम्मान गरेका छन् ।

काम गर्ने कर्मचारीहरु,अध्यापन गराउने शिक्षकहरु तथा क्याम्पसलाई प्रत्यक्ष–अप्रत्यक्ष रुपमा सहयोग गर्नेहरुको योगदानको उच्च कदर गर्दै सम्मान गरिएको क्याम्पसको–कोडीनेटर) संजय केसरीले बताए ।

सम्मानित हुनेहरुमा जुनेद हवारी, पवन यादव, ऋषिकान्त श्रीवास्तन, मनोज शर्मा, सुनैना यादव, कार्टर मण्डल, आर.एन.सर, अब्दुल सत्तार, रोशन खातुन, रोशन यादव, लगायतका रहेका छन् ।

सम्मानपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी सफिक अन्सारीले शिक्षाको स्तरलाई सुधार गरि दतचित भई बिधार्थीहरुलाई गुणस्तर शिक्षा प्रदान गर्न सबैलाई आग्रह गरे । आजका बिधार्थी भोलीको कर्णधार हुने भएको हुदा उनीहरुलाई गुणस्तर शिक्षा प्रदान गर्नमा कुनै कन्जुस्याई नगर्न सुझाव दिए ।

कार्यक्रममा जुनेद हवारी, विशेष साह, विवेक साह, पवन यादव, ऋषिकान्त श्रीवास्तवा, नागेन्द्र सर्राफ, सुरेन्द्र साह, अमित सर्राफ, आशिष पौडेल कार्टर मण्डल, मनोजा शर्मा, ओम श्रीवास्तव रोशन यादव, अब्दुल सत्तार, सफिक अन्सारी लगायतले आ आफना बिचार ब्यतm गरेका थिए ।

Leave a review

This will close in 0 seconds