नेपाली काँग्रेस पर्साले जिल्लाको हरेक पालिकाको वडा वडामै कर्मचारी खटाएर मतदाता नामावली संकलन गर्ने माँगसहित निर्बानच आयोगलाई ज्ञापनपत्र बुझाएको छ ।
जिल्ला निर्बाचन कार्यालयमा मतदाता नामावली सँकलनको कार्य सुस्त भएको तथा गाउँबाट आएका हजारौ ब्यक्तिहरु नामावली दर्ता नै नगराई घर फर्किनु पर्ने समस्या परेको छ । पालिकाको वडामै गएर मतदाता नामावली सँकलन गर्न काँग्रेस पर्साले माँग गरेको हो।
वडामै कर्मचारी खटाएर मतदाता नामावली सँकलन गर्न माँग गर्दै बुधबार काँग्रेस पर्साले प्रमुख जिल्ला अधिकारीमार्फत निर्बाचन आयोगलाई ज्ञापनपत्र पठाएको छ ।काँग्रेस पर्साका सभापति अजय द्विबेदीको नेतृत्वमा गएका काँग्रेस पर्साका नेताहरुले प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेमार्फ निर्बाचन आयोगलाई ज्ञापनपत्र पठाएको हो ।
‘यस जिल्लामा मतदाता नामावली दर्ता गर्नका लागि दिनहु हजारौंको सख्यामा पालिकाका वडाहरु बाट मतदाताहरु वीरगंज आउने गरेको तर न्यून संख्यामा नामावली दर्ता हुने भएको कारण प्रायः मतदाताहरु रित्तै घर फर्कनु परेको छ,ज्ञापन पत्रमा भनिएको छ,जसकारण यस जिल्लाका मतदाताहरुले साह्रै कष्ट भोग्नु परेको छ ।’
नेपाल सरकारको काम देशको प्रत्येक नागरिकलाई सरल र सहज तरिकाले सेवा प्रदान गर्नु हो तर त्यसको ठिक विपरीत हजारौं संख्यामा पालीकाका वडा वडा बाट आएका नागरिकहरु वीरगंज आएर पनि विना नाम दर्ता गराई आफनो घर फर्कन वाध्य भईरहेको समस्या प्रति नेपाली कांग्रेस पर्साको गम्भीर ध्यानाकर्षण भएको ज्ञापन पत्रमा जनाइएको छ। उक्त समस्याको समाधान लागि निर्वाचन आयोगले पर्सा जिल्लाको प्रत्येक पालिकाको वडा—वडामै टोली खटाई मतदाता नामावली दर्ता गर्ने कार्य यथाशिघ्र सुचारु गर्न काँग्रेस पर्साले माँग गरेको छ ।
ज्ञापनपत्र दिन काङ्ग्रेस पर्साका सभापति अजय कुमार द्विबेदीको नेतृत्वमा टोलिमा जिल्ला सचिव द्वय किसोरी कानु,श्याम पटेल,सह सचिवहरु रोशन लामिछाने ,किरण सरकार,बिरेन्द्र यादव लगायतका नेताहरुको सहभागिता रहेको थियो ।


