वेबसाईट बनाउँन सोच्दै हुनुहुन्छ ? कल गर्नुहोस : +977-9861436955

पर्सा पोखरियामा दिवा खाजाको नाममा ब्रह्मलुट , विद्यालय बन्द रहेको बेला दिवा खाजाको ९२ लाख निकासा

दिवा खाजाको नाममा पर्साको पोखरिया नगरपालिकामा भ्रष्टाचार भएको पाइएको छ ।
संघीय सरकारले कक्षा १ देखि ५ सम्मका बिधार्थीहरुका लागि दिवा खाजाको रुपमा उपलब्ध गराउदै आएको रकममा नगरपालिकामा भ्रष्टाचार भएको जनाईएको छ ।

विद्यालयमा विधार्थी भएको बेलामा उनीहरुको हाजिरी र परिक्षामा सामेल भएको सँख्याका आधारमा दिवा खाजा बापतको रकम नगरपालिकाले विद्यालयको खाता पठाउनुपर्ने ब्यावस्था छ ।

तर,पोखरिया नगरपालिकाले पनि जिल्लाका अन्य पालिकाहरु जस्तै विद्यालय बन्द रहेको बेलामा पनि विद्यालयमा दिवा खाजाबापतको रकम विद्यालयमा पठाई दिएको खुलेको छ ।

महालेखा परिक्षकको कार्यालयले सार्बजनिक गरेको आर्थिक बर्ष २०७६/७७ को बार्षिक प्रतिबेदन २०७८ अनुसार पोखरिया नगरपालिकाले कोरोना महामारीको बेलामा बन्द अवस्थामा रहेको विद्यालयमा दिवा खाजाको ९२ लाख २ हजार १ सय ४९ रुपैया निकासा गरि दिएको छ ।

नगरपालिकाले पालिका अन्र्तगत रहेका २१ वटा सामुदायिक विद्यालयहरुमा दिवा खाजा बापतको रकम कोरोना महामारीमा बन्द रहेको अवस्थामा पनि विद्यालयमा पठाएको महालेखाको बार्षिक प्रतिबेदनमा जनाइएको छ ।

नगरपालिकाले आर्थिक बर्ष २०७६/७७ मा पालिका भित्रका २१ सामुदायिक बिधालयहरुमा दिवा खाजाको लागि कुल २८ लाख ६८ हजार ४ सय ४६ रुपैया पठाउनु पर्ने थियो । तर नगरपालिकाले उक्त रकम भन्दा दोब्बर तेब्बर बढी रकम गरि एक करोड २० लाख ७० हजार ५ सय ९५ रुपैया विद्यालयमा पठाई दिएको छ ।

यसरी ती २१ वटा सामुदायिक विद्यालयहरुमा ९२ लाख २ हजार १ सय ४९ रुपैया बढी पठाइएको महालेखाको बार्षिक प्रतिबेदनले जनाएको छ ।

कोरोना महामारीको बेलामा बन्द रहेको बिधालयमा पनि चाहिने भन्दा दोब्बर तेब्बर बढी रकम निकासा गरेपछि महालेखाले बढी निकासा गरिएको ९२ लाख २ हजार १ सय ४९ रुपैया रकम असुल गर्न पोखरिया नगरपालिकालाई ताकेता गरेको छ ।

आर्थिक कार्यबिधी नियमावली २०६४ को नियम ३६ मा सरकारी रकम खर्च गर्दा रीत पुगेको वा नपुगेको जाँच गर्नुपर्ने ब्यावस्था भएपनि नगरपालिकाले त्यस्तो गरेको छैन ।

नगरपालिकाले विद्यार्थीको उपस्थिती (१८०) दिन तथा परिक्षाको हाजिरी अनुसार मात्र दिवा खाजा निकासा दिनुपर्नेमा कोभडका कारण विद्यालय बन्द भएको अवस्थामा पनि नगरपालिकाले ९२ लाख २ हजार १ सय ४९ रुपैया बढी रकम विद्यालयलाई निकासा दिएको हो ।

यसअघि पर्साकै बीरगञ्ज महानगरपालिका,कालिकामाई र ठोरी गाउँपालिकाले पनि दिवा खाजाको नाममा बढी रकम पठाएको खुलेको थियो । लामो समयपछि २०७४ सालमा स्थानीय तहको चुनाव सम्पन्न भएर जनप्रतिनिधिहरु आएपनि पोखरिया नगरपालिकामा शिक्षाको अवस्थामा कुनै सुधार नभएको त्यहाँका स्थानीयले बताएका छन ।

नगरपालिकाका बिधालयहरुमा शिक्षकको कमि,गुणस्तरीय पठनपाठनको कमि लगायतका समस्याहरु अहिले पनि रहेको नगरपालिकाका जनप्रतिनिधिहरुले नै बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया
error: Content is protected !!