कलैया : सिमा सुरक्षा र तस्करी नियन्त्रण गर्न खटिने सशस्त्र प्रहरी र नेपाल प्रहरीहरुकै संलग्नतामा बोर्डरमा तस्करी हुने गरेको तथ्यसहितको साझेदारी दैनिकले केहीदिन पहिला पत्रिकामा समाचार र भिडियो सार्वजनिक गरेको थियो ।
तस्करी सम्बन्धी समाचार सार्वजनिक भएपछि अहिले जिल्लाका सुरक्षा निकायका प्रमुखहरु नै नाकामा तस्करी नियन्त्रणमा सकृय भएका छन । बाराका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारी आफै छड्के अनुगमनमा हिडेका छन ।
प्रमुख जिल्ला अधिकारी अधिकारीले कलैया उपमहानगरपालिका वडा नम्बर १० मटिअर्वा नाकास्थित गण्डक नहर चौकमा बिहीवार छड्के चेकजाँच गरेका छन् ।
सोही क्रममा नाका भएर मोटरसाईकलहरुमा लोड गरेर सामानहरु लिएर बोडर पास गरे तर सोही नामाका सुरक्षाका लागि बसेका नेपाल प्रहरी र सशस्त्र प्रहरीका जवानहरुले वेवस्ता गर्दै तस्करीमा सघाएको गरी बसेका प्रजिअले फेला पारे ।
सिमा नाकाबाट साईकल,मोटरसाईकलमा बोराका बोरा मालसामान आउदा पनि दुवै प्रहरी जवानहरुले नजरअन्दाज गर्दै सोधपुछ समेत नगरेपछि उनीहरुको पनि मिलोमतोमा व्यापक तस्करी भईरहेको भन्दै प्रजिअ अधिकारीले तत्काल दुई सुरक्षाकर्मीलाई निलम्बन गर्ने निर्देशन दिएका छन्।
गण्डक नाकामा खटिको सशस्त्र प्रहरी हवल्दार धिरेन्द्र चौधरी र नेपाल प्रहरीका प्रहरी जवान राजकुमार साहले तस्करीमा सघाएको ठहर गर्दै प्रजिअ अधिकारीले जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख तथा प्रहरी उपरिक्षकलाई तत्काल कारबाही गर्न निर्देशन दिएका हुन् ।
सशस्त्र प्रहरी र नेपाल प्रहरी संयुक्त रुपमा खटिएका सुरक्षाकर्मीहरुले तस्करी रोक्न सक्रिय नभएको देखिएपछि दुवैलाई प्रहरी नियामाली अनुसार निलम्बन वा अन्य कारवाही गर्न निर्देशन दिइएको प्रजिअ अधिकारीले बताएका छन् ।
यता गत महिना फागुन २९ गते छोटी भन्सारहरुबाट नै तस्करी हुने गरेको सूचना पाईएपछि साझेदारी राष्ट्रिय दैनिक लगायतको टिम नाकामा पुग्दा नेपाल प्रहरी र सशस्त्र प्रहरीहरुकै मिलेमतोमा तस्करी भईरहेको भिडियो सार्वजनिक भएको थियोे ।
तस्करहरुसंग रकम असुल्ने कार्यमा संलग्न रहेको आरोपमा चार जना सशस्त्र प्रहरी बर्दिबासस्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर ३९ रिजर्भ गण हेडक्वाटरमा तानिएका थिए ।
त्यस्तै सशस्त्र प्रहरी बल प्रस्तावित सिमा सुरक्षा गुल्म मटिअर्वाका प्रहरी नायब उपरीक्षक योगराज दाहाललाई मुख्यालयमा सरुवा भएको थियो । भने दाहालको ठाउँमा सशस्त्रको मुख्यालयले प्रहरी नायब उपरीक्षक उदयराज न्यौपानेलाई पठाएको थियो ।
सुरक्षामा बर्दि लगाएर पनि जिम्मेवारी पुरा नगरेको र तस्कारीला नजर अन्दाग सिडियो अधिकारीले सशस्त्र प्रहरी बल नेपाल नम्बर १२ गण बाराका प्रहरी उपरीक्षक खुम बहादुर के.सी र जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख एवंम् प्रहरी उपरीक्षक सन्तोष तामाङलाई दुबै प्रहरीलाई प्रहरी नियामावली अनुसार कारवाही वा निलम्बन गर्न प्रजिअ अधिकारीले निर्देशन दिएको साझेदारी दैनिकलाई बताएका छन ।
यता नाकामा खटिएका यी सशस्त्रका चौधरी र नेपाल प्रहरीका साहलाई तत्कालै जिम्मेवारी खोसेर जिल्लामा तानिएको दुवै प्रहरी प्रमुखहरुले साझेदारी दैनिकलाई बताएका छन ।

