वेबसाईट बनाउँन सोच्दै हुनुहुन्छ ? कल गर्नुहोस : +977-9861436955

योजनाको निर्माण पूर्वको व्यस्थापन सम्बन्धी दुईदिने प्रशिक्षण

सिमरा

बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २२ मा खानेपानी तथा सरसफाइ उपभोक्त समितिकालाई योजनाको निर्माण पूर्वको व्यस्थापन सम्बन्धी दुईदिने प्रशिक्षण तालिम सम्पन्न भएको छ।

यूनिसेफ नेपालको सहयोग तथा जीतपुरसिमरा उपमहानगरपालिकाको सहकार्यमा उक्त तालिमको आयोजना गरिएको हो । थानीदेवी खानेपानी तथा सरसफाई उपभोक्ता समितिका ३० जना पदाधिकारीहरुको सहभगिता रहेको थियो ।

थानीदेवी खानेपानी तथा सरसफाई उपभोक्त समितिका अध्यक्ष प्रसाद स्याङ्गवोको अध्यक्षता तथा जीतपुरसिमरा उपमहानगरपालिकाको वडा नं. २२ का वडा अध्यक्ष माणिकलाल थिगको विशेष उपस्थितिमा उक्त कार्यक्रम थियो । तालिममा युनिेसेफ नेपालका खानेपानी तथा सरसफाई अधिकृत श्री गहेन महर्जर्न सरसफाई संयोजक हिरालाल चौधरीले सहजीरण गरेका थिए ।

तालिम समापन समारोहमा जीतपुरसिमरा उपमहानगरपालिका वातावरण तथा खानेपानी शाखा प्रमुख पुष्पा सिंह, जीतरपुरसिमरा उपमहानगरपालिकाका ईन्जिनियर ललित किशोर ललित सव.ई अखिलेस दास, उसा बुढाथोकी र श्री थानीदेवी खानेपानी उपभोक्त समितिकाका राम कुमार डिङ्गडुग, भिम प्रसाद दुलाल, सरु तमाङ्ग लगायतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया
error: Content is protected !!