कवही जब्दीमा ९६ जना विद्यार्थीहरुलाई स्कुल ब्याग वितरण

संदिप प्रसाद यादव
1.5k पाठक संख्या

संदिप प्रसाद यादव/

बाराको महागढीमाई नगरपालिका –५ मा रहेको श्री जनता माध्यमिक विद्यालय कवही जब्दीमा अध्ययनरत विद्यार्थीलाई स्कुल ब्याग वितरण गरिएको छ ।

शैक्षिक सत्र २०८०÷०८१को शुरूवात संगै आफ्नो दोस्रो कार्यकालमा खुशी परियोजना कार्यक्रम अन्तर्गत आसमान नेपालको आर्थिक सहयोगमा र महागढीमाई नगरपालिकाको सहकार्यमा श्री जनता माध्यमिक विद्यालय कवही जब्दीमा सोमबार विद्यालयको प्राङ्गणमा एक कार्यक्रम बिच कक्षा ४ र ५ का विद्यार्थीहरुलाई स्कुल ब्याग वितरण गरिएको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अंगद पाण्डेयको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि महागढीमाई नगरपालिका का नगर प्रमुख उपेन्द्र प्रसाद यादवले स्कुल ब्याग वितरण गरेका थिए ।

सो स्कुल ब्याग भित्र पेन्सिल,कापी,बोतल,स्कुल ड्रेस,पेन,स्टाम बकसहरु रहेको थियोे ।

सामाज सुधार्ने ठूलो जिम्मेवारी विद्यार्थीहरूको काँधमा रहेको बताउँदै शिक्षा विकासका लागि हुने सहयोग गर्न कहिल्यै पछि नहट्ने नगर प्रमुख उपेन्द्र यादवले प्रतिबद्धता ब्यक्त गरेका थिए ।

कार्यक्रममा बोल्दै नगर प्रमुख यादवले शिक्षाप्रति आकर्षण बढाउने उद्देश्यले स्कुल ब्याग वितरण गरिएको बताए । शिक्षाबिना कुनै क्षेत्रको विकास सम्भव नभएकोले शिक्षा सुधारका लागि आफूले यस्तो खुशी परियोजना कार्यक्रममा सहकार्य गरेको जानकारी दिए । आउने दिनमा यस विद्यालयमा +२ सम्म पढाई गराउन पहल गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

उक्त कार्यक्रममा श्री जनता माध्यमिक विद्यालय कवही जब्दी स्कुलका प्रधानाध्यापक बिनोद प्रसाद यादव,बिधालय व्यवस्थापन समितिका सदस्यहरु,विद्यालयका शिक्षकहरु,राजु यादव र रामबिनय यादव सहित अभिभावक एवम् शिक्षाप्रेमीहरु लगायतको उपस्थिति रहेको थियो ।

Leave a review

This will close in 0 seconds