हेम एण्ड माया फाउण्डेशन तथा नेपाल शाहाकारी पार्टीले संचारकर्मीहरुलाई खाद्यन्न सामाग्री वितरण गरेको छ ।
कोरोना भाईरसको महामारी नियन्त्रण गर्न सरकारले गरेको लकडाउनका कारण अहोरात्र खटिने संचारकर्मीहरुमा खाद्यान्नको अभाव देखिएपछि फाउण्डेशन र शाहाकारी पार्टीले संयुक्त रुपमा खाद्यान्न वितरण गरेको फाउण्डेशनले जनाएको छ।
लकडाउनका कारण खाद्यान्नमा समस्या परेका काठमाण्डौ उपत्यकामा रहेर पत्रपत्रिका, रेडियो, अनलाईन, टेलिभिजन तथा फोटो संचार माध्यममा काम गर्ने करिब तीन सय संचारकर्मीहरुलाई खाद्यान्न वितरण गरिएको नेपाल शाहाकारी पार्टीका दिपक पाण्डेले जानकारी गराएका छन ।
संचारमर्कीहरुलाई एक–एक बोरा चालम सहित अन्य सामाग्रीहरु वितरण गरिएकोे फाउण्डेशन र शाहाकारी पार्टीले जनाएका छन । फाउण्डेशन र पार्टीले देशका विभिन्न स्थानहरुमा दैनिक ज्यालादारी गरि जीविकोपार्जन गर्दै आएका तर लकडाउनले समस्यामा परेकाहरुलाई निशुल्क खाद्यान्न वितरण गरिहरको छ ।
यसैगरी शाहाकारी पार्टीले सहयोगी हातहरुको सहयोगमा मुलुका विभिन्न ठाउहरुमा निशुल्क भोजन वितरण समेत गरिरहेको छ ।