मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक युवकको मृत्यु

साझेदारी दैनिक
437 पाठक संख्या

कलैया,१४ भदौ । मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।

बाराको कलैया उपमहानगरपालिका – १६ उत्तर झिटकैया सशस्त्र प्रहरी बल नेपाल नम्बर १२ गण हेडक्वाटर नजिकै राती मोटरसाइकल आफैँ अनियन्त्रित हुँदा एक युवकको मृत्यु भएको हो ।

दुर्घटनामा कलैया उपमहानगरपालिका-११ बस्ने संदिप कुमार यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिएका छन् ।

उनको साथबाट एटीएम कार्ड र निमार्ण व्यवसायी प्रमाणपत्र फेला परेको प्रवक्ता सापकोटाले बताए ।

Leave a review

This will close in 0 seconds