बिन्दबासिनी–५ मा माओबादी केन्द्रको वडा समिति गठन

साझेदारी दैनिक
695 पाठक संख्या

वीरगञ्ज

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को पर्साको बिन्दबासिनी गाउँपालिका–५ सोमवार सम्पन्न वडा भेलाले वडा समिति गठन गरेको छ ।

विन्दवासिनी गाउँपालिका–५ मा विजय कुमार कलवारको अध्यक्षतामा ५५ सदस्सीय समिति गठन गरिएको हो । नवगठित पार्टी समितिको उपाध्यक्षमा होदा राउत गदी, गजारी साह सचिवमा नन्दलाल मुखिया कोषाध्यक्षमा मोहन प्रसाद यादव लगायत रहेको नेकपा माओबादी केन्द्र बिन्दबासिनी गाउँपालिका समितिले जनाएको छ ।

वडासमिति गठन समय माओबादी केन्द्र प्रदेश २ समिति सदस्य छोटेलाल यादव,प्रमोद तिवारी,प्रसुराम यादव,जोगिन्द्र दास तत्वा, राजेश चौहान, महाराज ठाकुर लोहार, केपीचन चैरसिया लगायत वडा नम्बर ५ का स्थानीयबासीको सहभागिता रहेको थियो

Leave a review

This will close in 0 seconds