बारा प्रहरीले २४ लाख ९७ हजार बराबरको अबैध समान सहित ट्रकलाई नियन्त्रणमा लिएको छ ।
विशेष सूचनाको आधारमा मंगलवार प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरी टोलीले जिल्लाको जीतपुरसिमरा उप–महानगरपालिका वडा नम्बर १ पथलैया चोक स्थित वीरगंजबाट चितवन तर्फ जादै गरेको ना ३ ख ४३७० नम्बरको ट्रकलाई रोकी चेक जाँच गर्ने क्रममा अबैध समान सहित ट्रकलाई नियन्त्रणमा लिएको हो ।
बिल भरपाई भन्दा बढि सामानको स्रोत खुलाउन नसकेको अन्दाजी मुल्य रू.२४ लाख ९७ हजार ७ सय ९५ रूपैया बराबरको ट्रकमा लोड रहेको किराना आईटम,ओखर,काजु,कपडा र अन्य खुद्रा सामानहरू प्रहरीले बरामद गरेको छ ।
अवैध सामान सहित ट्रकलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाईएको बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए ।


