Sajhedari Daily
Latest News from Nepal

पानीको बाल्टिनमा डुबेर दुई वर्षीय नबालिकाको मृत्यु

कालैया

बाराको कलैयामा सोमवार बाल्टीको पानीमा डुबेर दुई वर्षीय बालिकाको मृत्यु भएको छ ।

कलैया उपमहानगरपालिका वडा नम्बर २० बसतपुर बस्ने मैनोदिन मियाको छोरी बर्ष २ की आयश खातुनको भरीएर राखिएको बाल्टीनमा डुबेर मृत्यु भएको बारा प्रहरीले जनाएको छ ।

उनको आफ्नै घरमा बाल्टिनमा राखेको पानीमा डुबि रहेको अवस्थामा बालिकाको आमाले देखि उपचारको लागि ल्याउने क्रममा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

मृतक बालिकाको शव पोष्ट मार्टमको लागी जिल्ला अस्पताल कलैयामा राखिएको प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बताएका छन ।

Comments are closed.

error: Content is protected !!