Sajhedari Daily
Latest News from Nepal

निजगढ नगरपालिकाको पाँचौ सम्पन्न,नगरसभाले सहकारी, शिक्षा, स्वास्थ्य र कृषि विधेयक पारित

बाराको निजगढ नगरपालिकाको पाचौँ नगर सभा तथा तेस्रो अधिबेशन बैठक सोमवार सम्पन्न गरेको छ ।

नगर सभाले विभिन्न चार वटा विधेयकहरु पारित गरेको छ । नगरप्रमुख सुरेश कुमार खनालको अध्यक्षतामा सम्पन्न् नगर सभाले सहकारी विधेयक २०७६, शिक्षा विधेयक २०७६, स्वास्थ्य विधेयक २०७६,र कृषि प्रवर्धन विधेयक २०७६ सर्बसम्मत पारित गरेको छ ।

नगरप्रमुख खनालले कानून तर्जुमा गर्ने अधिवेशन भएकोले सभा सहरी व्यवस्थापनका लागि आवश्यक पर्ने कानुन तर्जुमा गर्न अधिवेशन केन्द्रीत भएको बताएका छन ।

यस्तै सभाले आर्थीक वर्ष २०७६/७७ को योजनाहरु संशोधन समेत गरेको उपप्रमुख लिला लामिछानेले जानकारी गराईन । नगर सभा समाजिक दुरी कायम गरी सुरक्षित तरिकाले सम्पन्न भएको थियो ।

Comments are closed.

error: Content is protected !!