जनता समाजवादी पार्टी(जसपा) का नेता एवम् करैयामाई गाउँपालिकाका समाजसेवी शम्भु प्रसाद यादवले विभिन्न गाउँका छठ ब्रतालुहरुलाई साडी वितरण गरेका छन ।
नेता यादवले आफ्नै व्याक्तिगत सहयोगमा गाँउपालिकाका विभिन्न वडाका अतिविपन्न, दलित, गरिब, असाहाय परिवारका छठ ब्रतालु महिलाहरुलाई साडी वितरण गरेका हुन ।
यादवले एक कार्यक्रमको आयोजना गरी विहिवार छठ पर्वको अवसरमा करैयामाई गाउँपालिका वडा नम्बरं. ८ सिर्सिया टोलका ६३ जना ब्रतालु महिलालाई साडी वितरण गरेका छन् ।
यसैगरी नेता यादवले बुधवार करैयामाई गाँपालिका वडा नम्बर ७ बारा जमिदार टोल र वडा नम्बर ६ सिहोर्वामा एक सय पाँच जना ब्रतालु महिलालाई साडी वितरण गरेको जसपाका नेता दिपक पासवानले जानकारी गराएका छन् ।