Sajhedari Daily
Latest News from Nepal

बारा प्रशासनको साहसी कदम,पाँचवटा ठेकेदार कम्पनीलाई कारवाही

रञ्जन यादव/
बारा प्रशासनले साहसी कदम चालेको छ । प्रशासनले गैर कानुनी कार्य गरेको अभियोगमा सानै भने पनि कारवाही गर्ने कार्यको थालनी गरेको छ ।

जिल्लाको निजगढ नगरपालिका र कोल्हबी नगरपालिका अन्तर्गत रहेका लाल बकैया खोलाका ठेक्दारहरुलाई बुधवार कारवाही गरिएको प्रशासनले जानकारी गराएको छ । मापदण्ड विपरित नदीजन्य पदार्थहरु उत्खन्न गर्ने गरिएको पाईएपछि दुईवटा ठेक्दार कम्पनीहरुलाई कारवाही गरिएको हो ।

यसरी कारवाहीमा पर्नेमा निगढ नगरपालिले खोलाको ठेक्का जिम्मा दिईएका सुंदिपा टे«ेडिङ प्रालि र कोल्हबी नगरपालिकाले ठेक्का दिईएका मंकेश्वर निर्माण सेवा रहेको छन ।

मापदण्ड विपरीत उत्खन्न गरेको अभियोगमा सुंदिपा टे«ेडिङ प्रालिलाई तीन लाख रुपैया र मंकेश्वर निर्माण सेवालाई एक लाख रुपैया जरिवाना गरिएको बाराका प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पंडितले जानकारी गराउनु भएको छ । जिल्ला समन्वय समितिका प्रमुख नवलकिशोर सिँहको संयोजकत्वमा मंगलवार लाल बकैया खोलामा गरिएको अनुगमनमा मापदण्ड बिपरित उत्खनन् गरिरहेका ९ वटा स्काभेटर र २ सय वटा ढुवानीको साधन नियन्त्रणमा लिएको थियो ।

अनुगमन समितिमा प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डित, जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरिक्षक कृष्णप्रसाद पंगेनी, शसस्त्र प्रहरी बल बाराका प्रमुख सशस्त्र प्रहरी उपरिक्षक दिग बिजय सुबेदी, डिभिजन बन कार्यालय बाराका प्रमुख मञ्जुर अहमद लगायतको सहभागिता रहेको थियो ।

ठेक्दार कम्पनीले गिटी ,बालुवा र ढुङगा उत्खन्न गरिरहेको ठाउँमा नगरपालिकाले आफनो प्रतिनिधि राख्नुपर्ने नियम भएपनि कुनै प्रतिनिधि नराखेको सशस्त्र प्रहरी उपरिक्षक दिग बिजय सुबेदीले बताउनुभयो ।

तीन दिन अगाडि जीतपुरसिमरा उपमहानगरपालिका अन्तर्गत रहेका खोलाहरुको गरिएको अनुगमनमा ठेक्का सकार गरेका तीनवटा ठेक्दार कम्पनीहरुलाई जनही एक, एक लाख जरिवाना गरिएको थियो ।