सेवाग्रहीहरुको आश्वयकलाई ध्यान दिदै राष्ट्रिय बाणिज्य बैक कलैया शाखा शुक्रवारदेखी हरेक दिन संचालन हुने भएको छ ।
ग्राहकहरुको बैंकिङ आवश्यकतालाई मध्यनजर गर्दै तथा बैंकमा अत्यधिक भिड बढदै गरेकोले दैनिक रुपमा बैँक संचानलन गरिने शाखा प्रबन्धक विवेक श्रीवास्तवले जानकारी गराएका छन ।
कोरोना भाईरस फैलिन नदिन उचित सुरक्षा उपायहरु अपनाएर बैंक कलैया नियमित रूपमा सदा झै हरेक दिन खुल्ने प्रबन्धक श्रीवास्तवले बताए ।
साथै शनिबार २४ गते राजश्व प्रयोजनका निम्तिका लागि बैंक खुला रहने पनि बाणिज्य बैँक कलैयाले जनाएको छ ।

