स्वतन्त्र उम्मेदवारद्धय चौलागाई र यादवको रामनगरमा संयुक्त चुनावी सभा

साझेदारी दैनिक
524 पाठक संख्या

कलैया, १२ कातिक
बारा निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभातर्फका स्वतन्त्र उम्मेदवार नरेश चौलागाईले आफुले विकास र जनताको सेवा बाहेक केही नसोचेकोकेको बताएका छन । बारा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १७ रामनगरमा शनिवार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै यस्तो बताए । उनले यस क्षेत्रको समस्यालाई आफुले नजिकबाट महसुस गरेकोले निरन्तर विकास र सेवामा सर्मपित हुने प्रण गरेको गरेको बताए । राजनीतिक दलले देशलाई झन झन गरिवीको भुमरीमा फसाउदै गरेकोले सो जनता र देशका लागि केही गर्नुपर्छ भन्ने आत्मा जागृत भएर राजनीतिमा कफन बाँधेर होमिएको उम्मेदवार चौलागाईले बताएका छन । चुनाव एउटा माध्यम मात्र भएकोले जिते पनि हारे पनि यस क्षेत्रको विकासमा आफु सधै लागि रहने उनको भनाई थियो । एक अर्का प्रसंगमा चौलागाईले युवाहरुलाई राजनीतिक दलले संघ संगठनमा राखेर लडाकु दस्ताको रुपमा मात्र प्रयोग गर्दै आईरहको आरोप लागाउदै युवालाई विकास र रोजगारीमा सहभागिता गराउने आफुसंग धेरै प्लानहरु रहेको उनले बताए ।
यस्तै सोही कार्यक्रममा बारा क्षेत्र नम्बर ३ (क) मा प्रदेशसभा सदस्यमा स्वतन्त्र उम्मेदारी दिएका धु्रवप्रसाद यादवले यिनै राजनीतिक दलहरुबाट विकास र समृद्धि ल्याउने कुरा दिवा सपना मात्र भएको बताएका छन । चुनावी कार्यक्रममा सम्बोधन गर्दै उम्मेदवार यादवले युवा शक्ति नै देश निर्माण र विकासका पहरेदार भएको बताएका छन । उनले आफु पनि विद्यार्थीकालदेखी नै लामो समय राजीतिक दलमा आवद्ध भएर दलको हलिका रुपमा मात्र प्रयोग हुदै आएको तितो अनुभव भएको बताउदै अब हरेक युवा स्वतन्त्र हुन जरुरी रहेको बताए । यादवले आफुले युवा, महिला, किसान, उत्पीडित समुदायको समस्यालाई प्रत्यक्ष रुपमा अनुभति गरेकाले अब स्वतन्त्र रुपमा जनताको सेवामा सर्मपित हुने प्रतिबद्धता जनाएका थिए ।
प्रतिनिधिसभा सदस्य उम्मेदवार चौलागाई र प्रदेशसभा सदस्य उम्मेदवार यादवले आउदो मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा भारी मतले विजयी गराएर यस क्षेत्रको अधुरा योजनालाई पूरा गर्ने र यहाको गरिबीलाई हटाउने जिम्मेवारी प्रदान गर्ने अवसर जुटाई दिन आग्रह गर्नुभएको थियो । स्थानीय समाजसेवी मानबहादुर लोप्चनको सभापतित्वमा सम्पन्न उक्त चुनावी सभाको संचालन केवल पौडेलले गरेका थिए ।

Leave a review