सिकेन्द पासवान/
बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ३ शैक्षिक तालिम केन्दको कोरेन्टीनमा रहेका ३४ जनालाई हिजो बुधवार आरटिडी परिक्षण गरेकामा ५ जना कोरोना पोजेटिभ आएको छ ।
कलैया उपमहानगरपालिका वडा नम्बर १३ का ५०, १३ र ४७, अर्का २६ बर्षका पुरुष, कलैया उपमहानगरपालिका वडा नम्बर ३ का ३३ बर्ष र महागढीमाई नापा १ का ३० बर्षिय पुरुष रहेको कलैया अस्पतालका प्रमुख बिरेन्द्र मण्डलले बताउनुभयो ।
पोजेटिभहरुलाई पिसिआर माध्यमबाट कोरोना परिक्षण गरिने कलैया अस्पतालका ल्याव प्रमुख शेख फुलमहम्द जानकारी दिनुभयो । निगेटिभ आएका २९ जनालाई डिस्चार्ज गरिएको कलैया उपमहानगरपालिका स्वास्थ्य फाटका अजय जसवालले जानकारी गराउनुभयो ।