सिमरा । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको कार्यालयमा वडा अध्यक्षले तोडफोड गरेका छन ।
उपमहानगरपालिका वडा नम्बर १७ का वडाअध्यक्ष नवराज बहादुर खड्काले विहीवार उपमहानगरपालिकाको कार्यालयमा तोडफोड गरेका हुन । वडाले छुट्याईएको योजनाहरु सम्झौता गर्न नमानेका र सम्झौताको लागि पटक पटक बोलाएर कर्मचारीहरु पालिकामा नवस्ने कारण आक्रोसित भएर कार्यालयमा तोडफोड् गरेको स्वयम वडा अध्यक्ष खड्काले स्वीकार गरेका छन ।
उपमहानगरपालिका योजना कार्यान्व्य गर्नमा जिम्मेवार नभएपछि आफुले आक्रोस पोख्नु पर्ने अवस्था आएको खड्काले बताए । चालु आर्थिक बर्षमा वडा नम्बर १७ का लागि स्वीकृत २ करोड ७० लाखको बजेट सिलिङ्ग भएपनि जसमध्ये १ करोड १० लाख मात्रको सम्झौता गरेर बजेट सकियो भन्दै उपभोक्ताहरुलाई फकाउने गरेपछि यस्तो अवस्था आएको उनको आरोप छ । उपमहानरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतकुमार पोखरेलकै कारण आफु तोडफोडमा उत्रिन बात्तय भएको वडाअध्यक्षले भने । वडाको स्वीकृत बजेट सिलिङ्ग भित्र रहेर सम्झौता गर्न पठाउदा प्रमुख प्रशासकीय अधिकृत पोखरेलले उपभोक्ताका सदस्यहरुलाई झपारदै पठाउन थालेपछि आफु उपमहानगरपालिका गएको तर उपमहानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत पोखरेल सहित योजनामा शाखामा एक जना पनि कार्मचारी नभएपछि उक्त शाखाको ३ वटा कम्प्युटरको मोनिटरहरु फालेको वडाअध्यक्ष खड्काले बताए ।
यद्यपी प्रमुख प्रशासकीय अधिकृत पोखरेल विहीवार नै काठमाण्डौ गएका छन । उपमहानगरपालिकाका कार्यकारी अधिकृत पोखरेल पटक पटक विदामा वस्ने गरेकाले उपमहानगरपालिकाको २४ वटै वडाका योजनाहरु कार्यान्वयमा समस्या आएको अर्का एक वडाअध्यक्षले बताए । उपमहानरपालिकाका अधिकांश वडामा समस्या उस्तै छ । तोडफोड पश्चात कांग्रेस, माओवादी, मधेशवादी र केही एमाले सम्बद्ध वडाअध्यक्षहरु सर्मथन जनाउदै उपमहानगरपालिकामा वेतिथी रहेको यस्को जिम्मेवारी नेतृत्वले पनि लिनुपर्ने बताएका छन ।
घटनापछी भएको छलफलमा सो वारे सोमवार पुनः छलफलमा बस्ने र चाडै नै कार्यपालिका वैठक बोलाउने सहमति भएको वडाअध्यक्ष खड्काले खड्काले जनाए।
तोडफोडको क्षति वारे प्रहरीले मुचुल्का उठाएको उपमहानगरपालिकाले जनाएको छ ।
जीतपुरसिमरा उपमहानगरपालिका कार्यालयमा वडाअध्यक्षले गरे तोडफोड
Leave a review
Leave a review

