बोक्सी जस्ता रुढीवादीको भ्रमबाट हटौ,सभ्य समाजको निर्माणमा जुटौ ः सरोकारवालाहरु

साझेदारी दैनिक
631 पाठक संख्या

सिकेन्द्र पासवान/
समाजमा बोक्सी भनेर महिलाहरुलाई दिनानु दिन कुटपिट, यातना दिदै आएको सर्वबिदितै रहेको छ । त्यति मात्र होईन मानव मलमुत्र समेत खुवाउने काम पनि हुने गरेको पाईन्छ । रुढीबादीमा रुमलिएको समाज अहिले पनि २१ औँ सताब्दीमा भ्रमबाट अछुतु रहेको छैन ।

सोही भ्रमबाट चिर्नका लागि र कुनै मान्छे बोक्सी हुन्न कहिल्यै भन्ने कुरा समाजका ब्यतिmहरुलाई मनन गराउनका लागि सचेतनामुलक कार्यक्रम मार्फत जानकारी गराएको छ ।

राष्ट्रिय जागरण प्रतिष्ठान नेपाल, जिल्ला प्रहरी कार्यालय बारा र इलाका प्रहरी कार्यालय प्रसौनीको संयुक्त आयोजनामा फेटा गाउँपालिकामा बिहीबार सो सचेतना कार्यक्रम गरिएको हो । गाँउपालिकाका अध्यक्ष रुस्तम अंसारीले कार्यक्रमलाई सम्बोधन गर्दै रुढीबादी परम्परालाई हटाउनका लागि समाजका सबै ब्यतिm अग्रसर हुनुपर्ने कुरामा जोड दिए ।

बोक्सी हुदैन भने कुराको भान राख्न सबैलाई आग्रह गर्दै अध्यक्ष अंसारीले कोई कसैलाई बोक्सी भनेर कुटपिट , यतना दिए त्यसता ब्यतिmहरुलाई कडा भन्दा कडा कारवाही गर्न प्रहरी प्रशासन अगाडी बढनुपर्ने धारणा ब्यतm गरेका थिए ।

फेटा गाँउपालिकामा यो अभियान चलाएर सर्व सधारणको मन मस्तिकमा बोक्सी हुदैन भने कुरा बुझाउनका लागि पहल गर्ने प्रतिवद्धता अध्यक्ष अंसारीले ब्यतm गरेका थिए ।

समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तरगतको सो कार्यक्रममा गाँउपालिकाकी उपाध्यक्ष निलम साह, प्रमुख प्रशासकीय अधिकृत गौरी शंकर कुमार सिंह, इलाका प्रहरी कार्यालय प्रसौनीका प्रहरी निरिक्षक.नरेन्द्र कुमार बोगटी, स्थानीय सर्वसधारण, भद्रभलादमी, वुद्धिजिवी, समाजसेवी, जनप्रतिनिधि, जेष्ठ नागरीक, संचारकर्मी तथा सुरक्षाकार्मीहरु समेत गरी करिब .२ सय ७५ जना व्यक्तिहरूको सहभागिता रहेको थियो ।

कुनै मान्छे बोक्सी हुन्न कहिल्यै“ भन्ने सचेतनामुलक कार्यक्रम चलचित्र माध्यद्वारा प्रशासरण गरि सहभागीहरुलाई देखाएपछि सहभागीहरु अव उपरान्त पनि समाजमा बोक्सी छैन भने कुरा अरुलाई समेत बुझाउने प्रतिवद्धता ब्यतm गरेका थिए ।

Leave a review

This will close in 0 seconds