एक करोड अठार लाख छ हजार बराबरको अबैध सामान प्रहरीको नियन्त्रणमा

संदिप प्रसाद यादव
357 पाठक संख्या

बारा प्रहरीले एक करोड १८ लाख छ हजार बराबरको अवैध सामान नियन्त्रणमा लिएको छ ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाराको मातहत तथा प्रहरी ईकाइ कार्यालयहरूबाट खटिएको प्रहरी टोलिले गाडिहरूलाई रोकी जाँच गर्दा विल विजक भन्दा बढि सामान बरामद गरेको छ ।

प्रहरीले स्रोत खुलाउन नसकेको अन्दाजी मुल्य रू. १ करोड १८ लाख ६ हजार १ सय ४० रूपैया बराबरको सामान सहित ट्रक नियन्त्रणमा लिइएको हो ।

सो सामानलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया,बारामा पठाईएको छ ।

ईलाका प्रहरी कार्यालय जीतपुर,बाराले
जीतपुर सिमरा उप–महानगरपालिका वडा नं.७ जीतपुरस्थित वीरगंजबाट बाँके तर्फ जादै गरेको ना ६ ख ६५१३ नं.को ट्रकमा लोड गरेको कस्मेटिक सामान,रेडिमेन्ट कपडा,औषधि,टायर, बटरकप,पपकन र अन्य किराना आईटम गरी एक करोड १७ लाख ५३ हजार सात सय ४० रूपैयाँ बराबरको बिल भन्दा बढि स्रोत खुलाउन नसकेको सामान बरामद गरेको हो ।

त्यस्तै ईलाका प्रहरी कार्यालय पथलैयाले जीतपुर सिमरा उप–महानगरपालिका वडा नं.१ पथलैया स्थित रौतहटबाट काठमाण्डौ तर्फ जादै गरेको बा.प्र.०३–००१ख ११३४ न.को यात्रु बाहक बसमा लोड गरेको बिडी १२४ प्याकेट,खजुर ३३ प्याकेट र आलमुनियमको रड गरी अन्दाजी मुल्य रू.५२ हजार चार सय रूपैयाँ बराबरको बिल भरपाई नरहेको सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

Leave a review

This will close in 0 seconds