बारा–२ ः जसपा अध्यक्ष यादव पाँच हजार ८१ मतको अग्रतामा विजयी

साझेदारी दैनिक
476 पाठक संख्या

बारा क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्य पदमा जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव पाँच हजार ८१ मतको अग्रतामा निर्वाचित हुनुभएको छ । बुधवार विहान १ः२५ बजे सम्पन्न मतगणनाअनुसार उहाँले २८ हजार चार सय १५ मत प्राप्त गर्नुभएको छ ।

उहाँको प्रतिस्पर्धी जनमत पार्टीका शिवचन्द्र कुशवाहाले २३ हजार तिन सय ३४ मत प्राप्त गर्नुभएको छ । त्यस्तै नेकपा (एमाले)का पुरुषोतम पौडेलले १० हजार दुई सय १६ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिृकत मुकेश उपाध्यायले जानकारी दिनुभयो ।

यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रमेश प्रसाद खरेलले दुई हजार आठ सय २९, आम जानता पार्टीका अरुण कुमार ज्ञवालीले दुई हजार सात सय ३८ मत प्राप्त गर्नुभएको छ ।

एक लाख पाँच हजार दुई सय ४८ जम्मा मतदाता रहेको निर्वाचन क्षेत्रमा ६९ हजार २२ मत खसेकामा ६८ हजार एक सय ९२ मत सदर भएको थियो भने आठ सय ३० मत बदर भएको थियो ।

 

Leave a review

This will close in 0 seconds