वीरगञ्ज कपडा बैंकद्वारा गढिमाई मेलामा निःशुल्क कपडा वितरण

साझेदारी दैनिक
293 पाठक संख्या

कलैया : वीरगञ्ज कपडा बैंक द्वारा विश्वप्रसिद्ध गढिमाइ मेलामा शनिबार निःशुल्क कपड़ा वितरण गरिएको छ।

देश विदेशबाट लाखौको संख्यामा भक्तजनहरु मेलामा आउने गरेकोमा निशुल्क कपडा वितरण गरिएको प्रमुख अतिथि बैंकका संरक्षक अधिवक्ता सुरेन्द्रप्रसाद कुर्मिले बताए। उनले दीनदुखी असहायको सेवा सहयोगमा सबैले आफ्नो आम्दानीको पाँच प्रतिशत सामाजिक सेवामा खर्चिनुपर्ने सुझाव दिए।

सो अवसरमा बिशिस्ट अतिथि पचरौता नगरपालिकाका मेयर जलन्धर सिंहले बिपन्न दिन दुखी असहायहरुको सेवा नै असल सेवा रहेको जनाए। उनले यो मानवको सर्वोत्तम धर्म रहेको जनाए।

वीरगञ्ज कपडा बैंकले यस्ता बिपन्न असहायहरुको निकै लामो समय देखि सेवा सहयोग गरिरहेको आफुले निकै नजिक बाट हेरिरहेको उनले जनाए। यस्को सुकार्यले आफू निकै खुशी भएको बताए। आउने समयमा आवश्यक परेको बखत आफू सधै बैंक परिवार संगै रहने उनले प्रतिबद्धता व्यक्त गरे।

प्रत्येक दिन आइतबार देखि शुक्रवार सम्म बिहान १०.३० देखि ५ बजे सम्म आफ्नो कार्यालय वीरगन्ज –८ बाट दिन दुखी असहायलाई निःशुल्क कपड़ा उपलब्ध गराउदै आएको बैंकले जनाएको छ। गढिमाइ मेलामा संचालित कुर्मी सशक्तीकरण मंच बारा पर्साको पण्डालबाट नया पुराना गरी करिब ४ हजार थान कपड़ा वितरण गरिएको सचिव कन्हैया पटेलले बताए ।

वीरगन्ज कपडा बैंकका अध्यक्ष लालबाबू सिंहको अध्यक्षतामा सो कार्यक्रम भएको हो। कार्यक्रममा प्रमुख अतिथि बैंकका संरक्षक वरिष्ठ समाजसेवी अधिवक्ता सुरेन्द्र प्रसाद कुर्मि रहेका हुन्।

समाजसेवी हुकुम सिंह राजपुत,राजेन्द्र भट्टराई,युवा अभियन्ता केदार गुप्ता,बिश्वेश्वर पटेल,सामुदायिक प्रहरी कुम्हाल टोलका सचिव श्रवण बहादुर रायमाझी,बैंकका कोषाध्यक्ष मनोज मिश्रा,सदस्यहरु नवराज भट्टराई,राहुल सिंह राजपुत,बैंकका कर्मचारी शोभा देवि लगायत को सहभागिता रहेको थियो ।

विगत ६ वर्षदेखि बिपन्न असहायहरुको सेवा सहयोग यो बैंकले गर्दै आइरहेको छ।

Leave a review