स- साना उद्योगले देशको बेरोजगारी समस्या समाधानमा अहम भूमिका खेल्ने – युवा नेता सिंह

साझेदारी दैनिक
572 पाठक संख्या

अनिल कुमार साह/

नेपाली कांग्रेस बारा क्षेत्र नम्बर-४ ख का सभापति एवं युवा नेता लोकेश सिंहले युवा युद्यमीहरुको सराहनीय कार्यले बेरोजगारी समस्या समाधानमा ठूलो सहयोग पुग्ने धारणा राखेका थिए। उनले युवाहरुलाई ससाना उद्योग खोल्ने तर्फ आकर्षित गर्न सरकारले विशेष योजना ल्याउनु पर्ने तथा सहुलियत कर्जा उपलब्ध गराउनुपर्ने कुरामा जोड दिएका थिए।

बाराको कलैयामा आजदेखी सञ्चालनमा आएको जीएस फुड प्रोडक्ट प्रा. ली.को उद्घाटन गर्दै सो कुरा बताएका थिए। सो उद्योग कलैया उपमहानगरपालिका वडा नं. ३ मा स्थापित रहेको छ।

करिब बीस लाखको लागतमा युवा उद्यमी लालबाबु मण्डलले संचालनमा सो उद्योग ल्याएका छन् ।

आजबाट संचालनमा आएको उद्योगले पापड, दालबुट , मसला लगायतको खाद्यान्न सामग्रीहरु उत्पादन गर्ने उद्योगका संचालक मण्डलले बताएका छन् ।

उद्योगले ३५ जना महिला पुरुषहरुलाई रोजगारी दिएको छ। उद्योगले उत्पादन गरेको सामग्री बारा सहित चितवन, हेटौंडा, जनकपुर,लगायत ठाउँमा पुर्‍याउने लक्ष्य रहेकोे उद्योगका संचालक मण्डलले जानकारी गराएका छन् ।

Leave a review

This will close in 0 seconds