महिला हिंसा रोकथाम सम्बन्धी कार्यक्रम सम्पन्न

साझेदारी दैनिक
350 पाठक संख्या

कलैया : समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत बाराको सिम्रौनगढ नगरपालिका वडा नम्बर ६ सिम्रौनगढमा मंगलबार महिला हिंसा रोकथाम सम्बन्धी एक दिने कार्यक्रम सम्पन्न भएको छ ।

ईलाका प्रहरी कार्यालय सिम्रौनगढको आयोजनामा वडा नम्बर ६ को वडा कार्यालयको सहयोगमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

वडा अध्यक्ष नन्दकिशोर प्रसादको अध्यक्षतामा उक्त कार्यक्रममा ६० जनाको सहभागिता रहेको थियो ।

हर पहर गाउँ नगरी टोल टोलमा प्रहरी भन्ने मुल नाराका साथ उक्त कार्यक्रम सम्पन्न भएको हो । महिला हिसां बारे जानकारी,महिला हिंसा न्युनीकरण गर्ने उदेशयले उक्त कार्यक्रमको आयोजना गरिएको हो ।

Leave a review

This will close in 0 seconds