मौवा देवी यूवा क्लब बडहर्वाले मनायो स्थापना दिवस

रञ्जन यादव
503 पाठक संख्या

जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका वडा नं.१८ मा रहेको मौवा देवी यूवा क्लब बडहर्वाले मंगलबार आफ्नो २७ औं स्थापना दिवस मनाएको छ ।

यस अवसरमा क्लबले बडहर्वा चोकमा रहेको आफ्नै भवनमा रक्तदान तथा निःशुल्क स्वास्थ्य परिक्षण शिवीरको आयोजना गरेको छ ।रक्तदान तथा शिवीरको उद्घाटन जीतपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख भोलाप्रसाद अधिकारीले गरेका हुन् ।

उनले क्लबको नाममा तयार पारिएको १२ पाउण्डको केक काटेर उद्घाटन गरेका हुन् । स्थापना दिवसका अवसरमा क्लबलाई सहयोग गर्ने आधा दर्जनबढी ब्यक्ति तथा संस्थालाई कदरपत्रले सम्मान गरिएको थियो ।

कार्यक्रम क्लबका सचिव जगदिप कोइरालाको संचालनमा सम्पन्न भएको हो । क्लवका पूर्व अध्यक्ष बसन्त खतिवडाको स्वागत र अध्यक्ष निर्मल कुमार यादवको अध्यक्षतामा सम्पन्न भएको हो ।

Leave a review