राष्ट्रिय शिक्षा दिवसको उपलक्ष्यमा प्रसौनी गाउँपालिकाले उत्कृष्ट विद्यार्थीलाई सम्मान तथा पुरस्कार वितरण गरेको छ ।
प्रसौनी गाउँपालिकाको शिक्षा,युवा तथा खेलकुद शाखाको आयोजनामा मंगलवार एक कार्यक्रमबीच राष्ट्रिय शिक्षा दिवसको उपलक्ष्यमा निजि तथा सामुदायिक बिधालयका उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको हो ।
एसईई र कक्षा ८ को परिक्षामा उत्कृष्ट नतिजा ल्याउने ५÷५ जना छात्राछत्रहरुलाई सम्मान तथा पुरस्कार वितरण शैक्षिक सत्र २०७९ को वार्षिक परिक्षामा सामुदायिक तथा संस्थागत विधालयका कक्षा १ देखि ५ सम्मका प्रथम,दितिय,तृतीय स्थान हासिल गर्ने लाई सम्मान तथा पुरस्कार वितरण गरिएको थियो ।
प्रसौनी गाउँपालिका का अध्यक्ष बिनोद प्रसाद जैसवालको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि जिल्ला समन्वय समितिका उप सभापति चण्डिका उप्रेती सापकोटाले कार्यक्रमको उदघाट्न गर्नु भएकी थिइन् ।
उक्त कार्यक्रममा गाउँपालिका अन्तर्गतका विभिन्न विद्यालयका विद्यार्थीहरुले विविध सास्कृतिक नृत्य प्रस्तुत गरेका थिए । गाउँपालिका अन्तर्गत २१ वाट सामुदायिक तथा संस्थागत विधालयका उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान तथा पुरस्कार वितरण गरिएको थियोे ।
गत वर्षको आधारभूत परिक्षामा श्री बेंगा साह माध्यमिक विधालय प्रसौनीबाट कक्षा ८ मा उत्कृष्ट नतिजा ल्याउने प्रथम छात्रा निर्माला कुमारी साह,दोस्रो आशा कुमारी पटेल,तृतीय असु कुमारी गोस्वामी,चौथो रुचि कुमारी ठाकुर र श्री सरस्वती नेपाल राष्ट्रिय माध्यमिक विधालयका पाँचौ श्रृती कुमारी कुशवाहा ल्याएकी थिइन् भने छात्र तर्फ नेपाल राष्ट्रिय माध्यमिक विधालय खुट्वा जब्दीबाट कक्षा ८ का प्रथम रिकेश साह तेली,नेपाल राष्ट्रिय माध्यमिक विधालय वेलहियाका दितिय संदिप राम,श्री बेंगा साह माध्यमिक विधालय प्रसौनीका सुमन कुशवाहा,निखिल कुमार पटेल र आयुष कुमार सुढि ल्याएका थिए ।
यस्तै गत वर्षको एसईई परिक्षामा श्री बेंगा साह माध्यमिक विधालय प्रसौनीबाट छात्रा किरण कुमारी मण्डल ,आरती कुमारी साह र नेपाल राष्ट्रिय माध्यमिक बिधालयबाट उषा कुमारी, प्राकृतिक कुमारीले उत्कृष्ट नतिजा ल्याएकी थिइन् भने श्री बेंगा साह माध्यमिक विधालय प्रसौनीबाट छात्र अभिषेक कुमार गुप्ता,साकिर हवारी र नेपाल राष्ट्रिय माध्यमिक बिधालयबाट सुमित साह कानु,राकेश कुमार र श्री जनता नेपाल राष्ट्रिय माध्यमिक बिधालय बन्जरियाबाट सुर्यनारायण साहले ल्याएका थिए ।
कार्यक्रमका सभापति समेत रहनु भएका प्रसौनी गाउँपालिका का अध्यक्ष बिनोद प्रसाद जैसवालले विद्यार्थीहरुलाई सम्मान तथा पुरस्कार वितरण गर्नु भएका थिए ।
कार्यक्रममा प्रसौनी गाउँपालिका का उपाध्यक्ष किरण देवी साह,बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटा,जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक सुरेश काफ्ले,सशस्त्र प्रहरी बाराका प्रमुख टोप बहादुर डाँगी,राष्ट्रिय अनुसन्धान उप– निर्देशक बाराका प्रमुख अभिनय कुमार सिंह,ज्वाला दल गण बाराका प्रमुख सेनानी कुमार श्रेष्ठ,प्रसौनी गाउँपालिका का प्रमुख प्रशासकीय अधिकृत सुमित कुमार सिंह,ईलाका प्रहरी कार्यालय प्रसौनीका प्रमुख प्रहरी निरीक्षक बिनोद बोहरा लगायतको उपस्थिति थियो ।

