बारामा अतिक्रमित बन क्षेत्र कडाईको साथ स्थापित हुने

साझेदारी दैनिक
556 पाठक संख्या

बन सुरक्षा समन्वय समिति बाराको कोल्हबीमा सम्पन्न बैठकमा अतिक्रमित बन क्षेत्रमा पुन बन क्षेत्र कडाईको साथ स्थापित गर्ने बिषयमा छलफल भएको छ ।

बन सुरक्षा समन्वय समिति बारा अध्यक्ष प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाको अध्यक्षतामा भएको बैठकले बन अतिक्रमित क्षेत्र पुनस्र्थापित गर्ने निणर्य गरेको हो ।

वैठकमा सो क्षेत्रमा काठ,दाउरा,चोरी निकासी रोक्न, पतालगंगा सिमसारको संरक्षणसंबद्र्धन् र डि.पि.आर अनुसार स्रोत साधन कसरी जुटाउँने,बन संरक्षणको बिबिध बिषयमा छलफल भएको डिभिजन बन कार्यालय बाराका प्रमुख बिनोद सिँहले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले अतिक्रमित बन क्षेत्रलाई बनको मातहातमा ल्याई बोट,बिरुवा रोप्ने बताएका छन । वैठक पश्चात सार्बजनिक जग्गा अतिक्रमण भएको गुनासो आएको ठाउँको निरिक्षण गर्दै सोही क्रममा प्रमुख जिल्ला अधिकारी सापकोटाले यस्तो बताउनु भएको हो ।

बैठकमा जिल्लाको शान्ति सुरक्षाको प्रमुख,बनकर्मी र सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो । बारामा करिब २५ प्रतिशत बन क्षेत्र बिभिन्न बहानामा अतिक्रमणको चपेटामा परेको तथ्याकंले देखाएको छ ।

Leave a review

This will close in 0 seconds