कलैयामा पुर्वाधार विकास कार्यालयको उद्घाटन

संदिप प्रसाद यादव
1.7k पाठक संख्या

बाराको कलैयामा पुर्वाधार विकास कार्यालयको उद्घाटन भएको छ ।

कलैया उपमहानगरपालिका – ४ मा रहेको जिल्ला समन्वय समितिको सभा हलमा एक कार्यक्रम बीच समन्वय समितिको परिसर भित्रै पुर्वाधार विकास कार्यालय बाराको उदघाट्न गरिएको हो ।

मधेस प्रदेशका भैतिक पुर्वाधार विकास मन्त्रालयका सचिव अशोक कुमार साहको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि मधेस प्रदेश सरकारका भौतिक पुर्वाधार मन्त्री कृष्ण प्रसाद यादवले कार्यालयको उद्घाटन गरेका थिए ।

सडक डिभिजन,पुर्वाधार विकास,शहरी विकास तथा भवन निर्माण लगायतका सबै कार्यहरु पुर्वाधार विकास कार्यालय पर्साले हेर्दै आएको हुनाले अब आफ्नो छुट्टै बारामा पनि कार्यालयको उद्घाटन हुदा खुशी लागेको जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले बताएका छन् ।

पुर्वाधार विकास कार्यालय बाराको कार्यालयमा काम गर्ने नयाँ वातावरण होस,इमानदारी पुर्वक सेवा प्रदान र छिट्टै कार्यालय प्रमुखको व्यवस्था गर्न प्रदेश सभा सदस्य बच्चा प्रसाद यादवले आग्रह गरेका छन्।

कार्यक्रमका प्रमुख अतिथि रहनु भएका मधेस प्रदेश सरकारका भौतिक पुर्वाधार मन्त्री कृष्ण प्रसाद यादवले आफ्नो मन्तव्य राख्दै अब अरु जिल्लामा जानू पर्दैन बाराबाट सडक,पुर्वाधार विकास,शहरी विकास तथा भवन निर्माण लगायतका सबै कार्यहरु सजिलै गर्न सकिने बताए । सेवाग्राहीलाई दुख नहोस् भन्ने विश्वास लागेको मन्त्री यादवले बताएका छन् ।

मधेस प्रदेश पुर्वाधार विकास मन्त्रालयका सचिव अशोक साहले आफ्नो मन्तव्य राख्दै एउटै कामका लागि अर्को जिल्ला जानू नपरोस् भन्ने उदेश्यले प्रत्येक जिल्लामा पुर्वाधार विकास कार्यालयको स्थापना गर्ने भएको बताए । बाराबाटै अब पुल,सडक,भवन,तथा जनता अवास निर्माण कार्यहरुका लागी स्थापना गरेको बताए । कर्मचारीहरुलाई आफु अभिभावक सम्झी सेवाग्राहीलाई छिटोछरितो सेवा प्रदान गर्न आग्रह गरेका छन् ।

उक्त कार्यक्रममा प्रदेश सभा सदस्य बच्चा प्रसाद यादव,समानुपातिक प्रदेश सभा सदस्य लक्ष्मी साह,प्रदेश सभा सदस्य मिना लामा,जिल्ला समन्वय समिति बाराका सभापति नरेन्द्र साह,जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटा,घरेलु तथा साना उद्योग कार्यालय बाराका प्रतिनिधि अलि शरण अन्सारी,जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक जटा शंकर यादव,पुर्वाधार विकास कार्यालय बाराका सूचना अधिकारी इन्जिनियर लालबाबु राय,स्वास्थ्य कार्यालय बाराका प्रमुख राम नरेश प्रसाद यादव र कर्मचारीहरु लगायतको उपस्थिति रहेको थियोे ।

उक्त कार्यक्रममा स्वागत मन्तव्यमा पुर्वाधार विकास कार्यालय पर्साका प्रमुख दिपक कुमार मिश्राले गरेका थिए भने कार्यक्रम संचालन मधेस प्रदेशका पुर्वाधार विकास मन्त्रालयका कानुन अधिकृत नीर कुमार विश्वकर्माले गरेका थिए ।

Leave a review

This will close in 0 seconds