बारामा विभिन्न मुद्दाका ११ फरार प्रतिवादी पक्राउ

साझेदारी डेलि
221 पाठक संख्या

कलैया । जिल्ला प्रहरी कार्यालय बाराले अदालतबाट सजाय तोकिएपछि फरार रहेका ११ जना प्रतिवादीलाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार विभिन्न मुद्दामा दोषी ठहर भई लामो समयदेखि फरार रहेका व्यक्तिहरूलाई विशेष अभियान अन्तर्गत बुधबार पक्राउ गरिएको हो।

जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको टोलीले जिल्लाका विभिन्न स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ।

पक्राउ परेकाहरूलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी बारा जिल्ला अदालतमा उपस्थित गराइएको निमित्त सूचना अधिकारी तथा प्रहरी निरीक्षक सुरेशराज भट्टले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएका छन्।

प्रहरीका अनुसार पक्राउ पर्नेहरू वन पैदावर हानिनोक्सानी, चेक अनादर, लेनदेन, कुटपिट अंभंग तथा राजस्व चुहावटजस्ता मुद्दामा संलग्न रहेका छन्। प्रहरीले फरार प्रतिवादीविरुद्धको अभियानलाई निरन्तरता दिने जनाएको छ।

Leave a review