बाराको जितपुर सिमरा वडा नम्बर १८ उचिडीमा रहेको एक लघु वित्त संस्थामा चोरी भएको छ ।
फरवार्ड माईक्रो फाईनान्स लघुवित्त वित्तिय संस्था लिमिटेड मनहर्वा शाखामा चोरी भएको हो ।
स्थानीय वेदरमण भट्टराईको घरमा रहेको कार्यालयको मूल गेटको ताला फोडी चोर समूह प्रवेश गरेको थियो ।
चोर समूहले कार्यालयमा रहेको एक थान प्रिन्टर र सिसिटिभि क्यामराको डिभाईस चोरी लगेको कार्यालयले जनाएको छ ।
कार्यालय भित्रका ५ वटा ढोकामा लगाईएको ताला, कोठामा भएको १ थान दराज,२ थान सिसिटिभी क्यामरा फुटाइएको छ ।
यस्तै कार्यालय प्रमुखको कोठामा भएको एक थान म्युजिक सिस्टम समेत चोरी भएको कार्यालय प्रमुख अनिलप्रसाद रौनियारले जानकारी दिए ।
विदाको समयमा कार्यालयमा कोही नभएको मौका छोपी चोरी भएको र सोमबार विहान कार्यालय खोल्न कर्मचारी आउँदा कार्यालय खुल्लै देखेपछी चोरी बारे जानकारी भएको शाखा प्रमुख रौनियारले बताए ।
असोज २८ र कार्तिक २१ गते राती स्थानीय मौवादेवी बचत तथा ऋण सहकारी संस्थामा दुईपटक चोरी भएको थियो ।
चोर समूहले साना किसान र मौवादेवी गरी करिब १६ लाख रुपैंया चोरी गरेर लगेको जनाइएको छ ।

