फेटा गाउँपालिकाका वडा सदस्य मुखियाको निधन

साझेदारी दैनिक
साझेदारी दैनिक 703 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

बारा फेटा गाउँपालिकाका एक वडा सदस्यको मंगलवार निधन भएको छ ।फेटा गाउँपालिका वडा नम्बर ४वडा सदस्य केश्वर मुखिया विनको मृत्यु भएको हो ।

उनको निधन प्रति गाउँपालिकाले एक वक्तव्य जारी गर्दै गहिरो दुख व्यक्त गरेको छ । गाउँपालिकाले मृतक परिवार प्रति हार्दिक समवेदना प्रकट गर्दै दुखद घडीमा मृतक परिवार तथा आफन्तजन प्रति भगवानले धैर्यधारण गर्न सक्ने शक्ति प्रदान गरुन भन्दै वक्तव्य जारी गरेको छ ।

यसैगरी गाउँपालिकाले मृतक वडा सदस्यको परिवारलाई काज किरिया खर्च वापत रु ५० हजार नगद सहयोग गर्ने घोषणा गरिएको गाउँपालिका अध्यक्ष अमिरिलाल प्रसादले बताएका छन ।

समाचार शेयर गर्नुहोस
Leave a review