अन्तराष्ट्रिय अपाङ्ग दिवसको अवसरमा सैतालीस जना द्वारा रक्तदान

रञ्जन यादव
353 पाठक संख्या

३२ औँ अन्तराष्ट्रिय दिवसको अवसरमा बाराको सिमरामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल अपाङ्ग सेवा संघ बाराको आयोजनामा सो रक्तदान कार्यक्रम भएको हो ।

रक्तदानमा १४ जना अपाङ्गता भएका ब्यक्ति सहित ४७ जनाले रक्तदान गरेको अपाङ्ग सेवा संघ बाराका पूर्व अध्यक्ष धनप्रसाद बजगाईले साझेदारी दैनिकलाई जानकारी दिए ।

दिगो विकास लक्ष्य प्राप्तिको प्रतिबद्धता अपाङ्गता भएका ब्यक्तिको अपनत्व र नेतृत्व सहितको एक्यबद्धता मूख्य नारा सहित सो रक्तदान गरिएको हो ।

सो कार्यक्रमको सुरुवात शारीरिक अपाङ्गता भएका शंकर दाहाल र बहिरा अपाङ्गता भएका नवराज नेपालले रक्तदान गरेका थिए ।

रक्तदान गर्नेहरुलाई रक्तदानको प्रमाणपत्र जीतपुरसिमरा उपमहानगरपािलकाको नगर प्रमुख राजन पौडेलले वितरण गरे । नेपाल अपाङ्ग सेवा संघ बाराको अध्यक्ष गंगा वाग्लेको अध्यक्षतामा सो कार्यक्रम भएको हो । कार्यक्रममा प्राविधिक सहयोग रेड क्रस सिमराले प्रदान गरेको थियो ।

Leave a review