कलैया,२८ भदौ : शिव मन्दिर अगाडी रहेको नन्दी भगवानको टाउकोमा लगाईएको चाँदीको दुबै सिंङ बिहीबार राती चोरी भएको छ ।
बाराको सदरमुकाम कलैया–१ को यो घटना हो । राजदेबी मन्दिर नजिकै पश्चिम् शिव मन्दिर अगाडी रहेको नन्दी भगवान(बशाहा) को टाउकोमा लगाईएको चाँदीको दुबै सिंङ चोरी भएको हो ।
चोरीबाट जोगाउनलाई चाँदीको दुबै सिंङमा कालो रङ्गले पोलिस गरिएको भएपनि चोरहरुले चोरी गरि लागेको स्थानीयवासीहरुले बताएका छन् । चोरले चाँदीको दुबै सिंङ फुटाएर लगेको उधोग बाणिज्य संघ बाराका महासचिव रामअशिष साह कानुले बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाका अनुसार होटेलमा चोरी गर्ने दुई जनालाई प्रहरीले बिहीबार नियन्त्रणमा लिएको छ । यस विषयमा थप अनुसन्धान कार्य प्रहरीले गरिरहेको छ । चोरहरुको खोजिकार्य भैइरहेको सापकोटाले बताए ।


