बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको जीतपुरमा एक ढुवानी सेवाले आफ्नो शाखा स्थापना गरेको छ ।
पशुपती रोड कैरियर नेपालको शाखा जितपुरमा स्थापना भएको हो । नेपालको लोकप्रिय ढुवानी सेवाको रुपमा स्थापित रहेको छ ।
पशुपती रोड कैरियरले जीतपुरको केराढोकामा आफ्नो डेरीभरी र बुकिङ्ग काउन्टर संचालनमा ल्याएको हो ।पशुपती रोड कैरियर नेपाल प्रा.लीले एक कार्यक्रमको आयोजना गरि जीतपुर शाखाको उद्घाटन गरेको छ ।
शाखाको उद्घाटन जीतपुरसिमरा नगर उद्योग बाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछानेले गरेका हुन् ।
पशुपती रोड कैरियर नेपाल अन्तराष्ट्रिय स्तरको ख्याति प्राप्त ढुवानी सेवा भएको उनले बताए ।
यस्ता संस्था जीतपुरमा स्थापना हुनु जीतपुरसिमरा उपमहानगरबासीको लागि खुसिको कुरा भएको उनले बताए ।
उद्घाटन कार्यक्रममा बोल्दै संस्थाका संस्थापक अध्यक्ष राजेन्द्रप्रसाद गुप्ताले २ जना कर्मचारीबाट सुरु गरिएको संस्थामा २ सय ५० जना कार्यरत रहेको बताए ।
पशुपती कैरियर नेपाल र भारतको बिभिन्न ठाउँबाट आफ्नो ढुवानी सेवा दिदै आएको उनले बताए। नेपालबाट भारत र भारतबाट नेपालमा सामान ढुवानी गर्न पशुपती रोड कैरियर निकै लोकप्रीय रहेको उनले बताए ।
संस्थाका संस्थापक अध्यक्ष राजेन्द्रप्रसाद गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा नगर उद्योग बाणिज्य संघका महासचिव प्रकाश गिरी,निबर्तमान महासचिव शिवजी साह सोनार,नेपाली कांग्रेस जीतपुरसिमरा नगर कमिटी सभापति छबिलाल शर्मा, रेडियो आकाशबाणीका अध्यक्ष राजुराज गिरी,ब्यवसायी तथा समाजसेवी ओमप्रकाश गुप्ता,नगर उद्योग वाणिज्य संघका कोषाध्यक्ष रामबाबु कलवार,नेपाली काग्रेसका शेखर भण्डारी, नगर उद्योग बाणिज्य संघका सचिव मुकेश गुप्ता,सदस्य राजु गुप्ता,विन्देश्वरी गुप्ता,सहित विभिन्न सघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सञ्चालन पशुपती रोड कैरियरका सिनियर मेनेजर भगवान मिश्राले गरेका थिए ।


