लागुऔषध खैरो हेरोइन सहित तीनजना पक्राउ

साझेदारी दैनिक
304 पाठक संख्या

लागुऔषध खैरो हेरोइनसहित तीनजनालाई पर्सा प्रहरीले वीरगञ्जबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका वडा नं.१६ बस्ने राजबली महतो सोही ठाउँका मनोहर महतो र बाराको परवानीपुर गाउँपालिका–५ बस्ने अबधेशप्रसाद पटेल रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

बिशेष सूचनाको आधारमा प्रहरी चौकी बसपार्क तथा लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय पर्साबाट खटिएको संयुक्त चेकिङ टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुलाई वीरगञ्ज महानगरपालिका–१६ स्थित सडकखण्डमा तिनै जनालाई पक्राउ गरेको हो ।जाँचको क्रममा पक्राउ गरिएको तीनैजनाको साथबाट एक–एक सय ग्राम गरी तीन सय ग्राम लागुऔषध खैरो हेरोइनजस्तो देखिने सेतो पदार्थ बरामद गरिएको पर्साका प्रहरी प्रवक्ता कुमार विक्रम थापाले साझेदारी दैनिकलाई जानकारी दिए ।

तीनैजना विरुद्ध लागुऔषध मुद्दामा कारवाही प्रक्रिया अघि बढाइएको उनले बताए ।

Leave a review

This will close in 0 seconds