धिरेन्द्र पनुहर
कोल्हबी
बाराको कोल्हबी नगरपालिकामा रहेको कोल्हवी ब्यव्सायिक कृषि तथा पशुपालन सस्थाले सोमबार यस् भेगमा रहेका किसानहरूको विभिन्न समस्याहरुसङ्ग संबंधित १६ बुन्दे माग राखी कोल्हवी नगरपालिकाको कर्यालयमा ज्ञापनपत्र बुझएको छ।
नगरपालिकाको कूल बजेट्को २५ प्रतिशत पशुपालन तथा कृषि क्षेत्रका लागि बजेट बिनियोजन हुनुपर्ने , कृषि बिमामा ८० प्रतिशत नेपाल सरकारले अनुदान कायाम गरेकोमा बाँकि प्रतिशत प्रीमीयम नगरपालिका ले ब्यवस्था गर्नुपर्ने,प्रत्येक बर्ष किसानहरुले मल, खाद र बिउको अभाव नहुने गरि सहज रुपमा ब्यवस्था मिलाउनुपर्ने,लगायतका मागहरु चाडै पूरा होस भनि नगर प्रमुख भरतबहादुर भण्डारीलाई ज्ञापनपत्र बुझाएका छन।
उक्त अवसरमा कोल्हबी ब्यवसायिक कृषी तथा पशुपालन सस्थाका संयोजक थानेश्वर पहाडी सदस्यहरु फनिन्द्रराज लामिछाने,राजु घोडासैनी, श्रीनारायण चौधरी ,सुरेन्द्र ठाकुर,तारानाथ प्रसाईं ,कमला काफ्ले सल्लाहकार गोबिन्द पौडेल लगाएतको सहभागिता रहेको थियो। नगरप्रमुख भण्डारीले ज्ञापनपत्र बुझ्दै ज्ञापनपत्रमा उल्लेख भएका केही मागहरु पूरा भै सकेको र बाकी माङहरु चाडैं नै सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो।








