मोटरसाईकल दुर्घटनामा हुँदा एकको मृत्यु,एक घाईते

साझेदारी दैनिक
274 पाठक संख्या

मोटरसाइकल दुर्घटनामा परेर शुक्रवार बारामा एक जनाको मृत्यु भएको छ भने एक गम्भिर घाईते भएका छन् ।

जिल्लाको सिंगौलबाट निजगढतर्फ आइरहेको प्रदेश ३–०३–००१ प १०९१ नम्बरको मोटरसाइकल र लालबाट चन्द्रनिगाहपुरतर्फ जाँदै गरेको ना.४९प १३८८ नम्बरको मोटरसाइकल एक आपसमा ठोकिँदा दुर्घटना भएको थियो ।

दुर्घटनामा मृत्यु हुनेमा निजगढ नगरपालिका वडा नं.१०, लालका १९ वर्षीय देक्षेन घिसिङ रहेका छन् दुर्घटनामा टाउकोमा गहिरो चोट लागेका घिसिङको उपचारका लागि वीरगन्ज लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

दुर्घटनामा सख्त घाइते भएका सुनील लामालाई थप उपचारका लागि वीरगन्ज रिफर गरिएको छ ।

Leave a review