बारामा वर्षौंदेखि अधुरो रहेको खानेपानी सेवा सुचारु गराउन अनुगमन

साझेदारी दैनिक
349 पाठक संख्या

बारा : बारामा वर्षौंदेखि अधुरो अवस्थामा रोकिएको खानेपानी सेवा पुनः सुचारु गराउन अनुगमन निरीक्षण सुरु भएको छ।

खानेपानी तथा सरसफाइ कार्यालयले शनिबार विभिन्न पालिकामा व्यवस्थापन अनुगमन तथा प्राविधिक निरीक्षण सुरु गरेको हो ।

लामो समयदेखि बन्द रहेका ट्याङ्की, निष्क्रिय उपभोक्ता समिति र जमिनमुनी बिछ्याइएको पाइपलाइनमा देखिएका प्राविधिक समस्या समाधान गर्ने उद्देश्यले अनुगमन गरिएको हो।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय कलैया, बाराका प्रमुख किशोरी प्रसाद यादवले अनुगमनबारे जानकारी दिएका हुन्। जिल्ला खानेपानी कार्यालय कलैयाका इन्जिनियर विकास कर्ण, सब–इन्जिनियर बिजय राय र प्राविधिक पारसप्रसाद यादवको नेतृत्वमा टोलीले अनुगमन गरेको हो।

सो टोलिले कलैया उपमहानगर पालिका–२७ बिजुलपुर, महागढीमाइ नगरपालिका–१० गन्जभवानीपुर, सोही ठाँउ वडा नम्बर–५ कवहीजब्दी, मधुरीजब्दी र वडा–१ बरियारपुर स्थित रहेका स्थानमा खानेपानी संरचनाहरु प्रत्यक्ष अवलोकन गरेको हो।

Leave a review

This will close in 0 seconds