Sajhedari Daily
Latest News from Nepal

क्लिन सोसाइटीको आयोजनामा सिमरामा सरसफाई

Top Aside Banner

बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको सिमरामा शनिवार वृहद सरसफाई कार्यक्रमको आयोजना गरिएको छ ।
क्लिन सोसाइटी नेपालद्धारा बडा दशैँको शुभ अवसर पारेर घटस्थापनाको दिन सिमरा चौकमा प्रहरीको संयुक्त टोली सहित स्थानियको सहभागीतामा सडकको फोहर व्यवस्थापन गरिएको हो । प्रहरीले सिमराको मुख्य चौकमा रहेको राम मन्दिरको सरसफाई गरी सिमरा बिमान स्थल जानेबाटो सरसफाई गरेको छ ।

दशैँमा बिशेषगरी नवरथा अवधीमा मठ मन्दिरहरुमा दर्शनार्थीहरुको आवतजावत बाक्लो हुने र बिमानस्थलको बाटो हुँदै छिमेकी देश सहित बिभिन्न जिल्लाहरुका मानिसहरु आवतजावत गर्ने हुँदा नगरको सौदन्र्यलाई बिशेष ध्यान दिँदै सरसफाई कार्यक्रमको आयोजना गरिएको सोसाइटीका अध्यक्ष तथा काँग्रेस नगर सभापती श्यामबाबु गुप्ताले जनाए ।

सिमराको सडक सौन्दर्यमा स्थानिय स्वयम नै सचेत हुनुपर्ने भन्दै गुप्ताले नगर कार्यपालीकाले सडक सौन्दर्यलाई केन्द्रित गरेर अभियान संचालन गर्न आवश्यक रहेको धारणा ब्यक्त गरे ।

कार्यक्रममा इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरिक्षक राज किसोर साह, शसस्त्र प्रहरी भद्रकाली गणका सशस्त्र प्रहरी निरिक्षक उमेश कार्की, शसस्त्र बेस क्याम्प जीतपुरका इन्चार्ज प्रकास कार्की र ट्राफिक प्रहरी कार्यालय सिमराका प्रहरी सहायक निरिक्षक बलराम कार्कीको नेतृत्वमा आएका करिब २ सय बढी प्रहरीहरुको समुहले सिमराको मुख्य चौक सरसफाई गरेका हुन् ।